नेपालकै सबैभन्दा उत्कृष्ट कार्यक्रम “कृषक व्यावसायिकरण अभियान”को पहिलो चरणको कार्यक्रम रोहिणी गाउपालिकामा

कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियानको प्रमुख अभियानता एवम् राष्ट्रिय कृषक दिवस ( जेष्ठ २७ गते)को संस्थापक देव धवलको पहलमा कृषक सेवा समिति रूपन्देहीले नेपालकै सबैभन्दा उत्कृष्ट कार्यक्रम “कृषक व्यावसायिकरण अभियान”को पहिलो चरणको कार्यक्रम रोहिणी/मर्चवारी गाउँमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको सहयोगमा आ.ब. २०७८/७९ मा संचालन हुने भएको छ ।

बेमौसमी टमाटर खेती सम्बन्धि सम्पुर्ण जानकारी लिनुहोस


चैत्र देखी मध्य मंसिरसम्म गरिने गोल्भेडा खेतीलाई बेमौसमी गोल्भेडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टारमा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ।तराइको हकमा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ।

-नेपालमा पाइने गोल्भेडाका जातहरु
क. उन्नत जातहरु :-(खुल्ला सेन्चित )
१,लप्सी गेडे
२,भन्टा ठिमाहा
३,ग्रेस्को
४,सी यल
५,बि यल
६,बारी
७,एच आर डि
८,सिङापुरे
९,मन प्रकाश
आदी जातका स्थानिय तथा उन्नत जातका गोल्भेडा हरुको नेपालमा खेती सफलता पूर्वक गरिदै आइएको छ।

ख.हाइब्रिड:-(बर्ण शंकर )
१,अमिता
२,मनिषा
३,थिम १६
४,महिमा
५,सिर्जना
६,एन १६२
७,कबिता
८,धन
९,लक्ष्मी
१०,लडाकु
११,राजा
१२,रमैया
१३,त्रिसुल
१४,नुतन
१५,युरेका
१६,नोवा
१७,सेन्स
जस्ता बर्णशंकर(हाइब्रिड)जातका गोल्भेडाको खेती पनि नेपाल मा सहज् गर्न सकिन्छ।
खुल्ला सेन्चित जातमा भन्दा बर्णशंकर जातको खेती गर्दा उत्पादन डबल लिन सकिन्छ र बजार भाउ पनि बर्णशंकर जातको बढी नै हुने गर्दछ।

-कुन कुन मौसममा कुन कुन जातको खेती गर्ने त ?
१,बर्से मौसम :-गौरव ,सुरक्षा ,सिर्जाना ,लक्ष्मी, नोवा, युरेका ,ग्रेस्को ,एन १६२, को यस मौसममा सफलता पूर्वक खेती गर्न सकिन्छ ।
२,सरद मौसम :-लप्सी गेडे ,सिर्जना ,धन, लक्ष्मी ,ईन्द्र, अमर, कबिता ,अंता ,गौरव, थिम १६ आदिको सफलता पूर्वक गर्न सकिन्छ।
३, हिउदे मौसम :- अभिनास,मनिषा ,रक्षिता ,त्रिसुल, मनिषा ,भन्टा ठिमाहा ,लप्सी गेडे ,युमी ,आदीको गर्न सकिन्छ।
४, बसन्ते मौसम:- लप्सी गेडे ,भन्टा ठिमाहा ,ग्रेस्को ,राजा ,मनिषा, रमैया ,आदीको गर्न सकिन्छ ।

बिशेष सावधानीक पूर्वक प्लस्टिक घरमा खेती गर्ने हो भने सबै मौसममा आफुलाई लागेको उत्तम जातको गोल्भेडा खेती राम्रै सँग गरी मनग्य आम्दानी लिन सकिन्छ।

-गोल्भेडा उत्पादनको क्षेत्र
तराइको ६० मिटर उचाइ देखी उच्च पहाडको २००० मिटरको उचाइ सम्म गोल्भेडा खेती गर्न सकिन्छ।

-बेमौसमी उत्पादनका लागि बेर्ना रोप्ने समय :-
१,तराइ र भित्री तराइ (६० मिटर देखी ४०० मिटर सम्म)=मध्य भाद्र र माघ
२,तल्लो पहाड (४०१ मिटर देखी ६०० मिटर सम्म)=स्राबण र फाल्गुन
३,मध्य पहाड (६०१ मिटर देखी १५०० मिटर सम्म)असार देखी साउनसम्म अनी फाल्गुन देखी बैशाखसम्म
४,उच्च पहाड (१५०१ डेखी २००० मिटरसम्म) चैत्र देखी असारसम्म

-नर्सरी अर्थात बिउ छर्ने समय
स्थान र मौसम अनुसार जाडो याममा बेर्ना रोप्नु भन्दा ३० दिन अगाडि र अरु मौसममा १८ दिन अगाडि ब्याड्मा बिउ छर्नु पर्दछ।

-बिउ दर
प्रती रोपनी ५ ग्राम देखी ७ ग्रामसम्म अथवा प्रती कट्ठा ३.२५ ग्राम देखी ४.५५ ग्राम सम्म बिउको आबश्यक्ता पर्दछ।

-रोप्ने बेलामा बेर्ना कस्तो हुनुपर्दछ
बेर्ना माथि उल्लेखित भए अनुसार १८ देखी ३० दिन भित्रको सोस्थ र होचो अनी ३ देखी ४ वटा सम्म मात्र पात भएको हुनुपर्दछ।

-खेती
२ देखी ३ पटक खन जोत गरी राम्रोसँग जमिनको तयारी गर्ने बर्षातको समय भयमा २ देखी २.५ से मि अग्लो ड्याङ बनाउने र ६० देखी ६० से मि को दुरीमा खाडल बनाउने।
प्रतेक खाडलमा बेर्ना रोप्नु एक हप्ता पूर्व राम्ररी पाकेको गोबर मल ४ किलोका दरले अथवा फुल पार्ने कुखुराको सुली ५०० ग्रामका दरले ,ग्रिन गोल्ड मल पर्ती बोट ५० ग्रामका दरले ,गेडा मल प्रती बोट १५ ग्राम ,बोन मिल र पिना ५०/५०ग्रामका दर ले, पोटास प्रती बोट १० ग्रामका दरले , बायो जाम ,जिन्क र बोरेक्स प्रती रोपनी १/१ किलोका दरले माटोमा राम्रो सँग मिलाउनु पर्दछ।

-बेर्ना उखल्ने
बेर्ना उखल्दा हमेसा १८ देखी ३० दिनको भय पछी उखल्नु ३ दिन पहिलाबाट पानी नदिइकन राख्ने र उखल्नु २ घण्टा पूर्व मज्जाले भिज्ने गरी पानी दिने गर्नुपर्दछ। बेर्ना उखल्दा हमेसा २ बजे पछी मात्र उखल्नु पर्दछ।

-बेर्ना रोप्ने
बेर्ना रोप्दा ब्याड्मा जती भाग माटो मुनी थियो तेतिनै पुरिनेगरी रोप्नुपर्दछ साथै बेर्ना रोप्ने बित्तिकै ओरिपरी पराल वा सुकेको घासले छापो दिनुपर्दछ। छापो दिएपछी बोटको ओरिपरी जरामा मात्र पर्ने गरी हजारीको सहायताले पानी दिनु पर्दछ। बिरुवाको कान्ड र पातमा पानी पार्नु राम्रो हुँदैन।

-पुन मल्खाद (टप ड्रेसिङ )
बेर्ना रोपेको २० देखी २५ दिन भित्र थाक्रा दिनु पूर्व प्रती बोट गेडा मल १५ ग्राम ,पोटास मल ५ ग्राम ,युरिया मल १५ ग्राम ,बोरेक्स ,जिन्क र बायोजाम १/१ ग्रामका दरले दिनु पर्दछ।

-थाक्रा दिने
प्रती बोट बासको भाटा ६ देखी ७ फुट अग्लो १/१ वटा दिनुपर्दछ वा पर्तेक ड्याङ् २/2 वटा किला ठोक्ने र ४/४ वटा साटा बाध्नु पर्दछ । बिरुवा हुर्कदै जादा डोरीले बोट र भाटा या साटालाई बाध्दै जानु पर्दछ।तर प्राङ्ग्रारिक खेती गर्ने हो भने माथि उल्लेखित रसायनिक मलको सट्टा जैबिक मलको प्रयोग गर्नु पर्दछ ।

आधुनिक कृषि प्रणालीको लागी ३ प्रबिधीबारे जानौ

-प्लास्टीक टनेल:-आधुनिक तरिकाले प्लास्टीको कटेरो बनाइ त्यसभित्र खेति गरिन्छ ।यसो गर्दा बाहिरका मौसम जस्तो गर्मि चिसो भए पनि टनेल हाउसले खेतिकोलागी अनुकुल वाताबरण बनाउन मद्दत गर्छ।बिशेष गरि बेमौसमि तरकारी खेतिहरु टमाटर,भिण्डी,खुर्सानी,काँक्रा,करेला,च्याउ आदी खेतिको लागी यो प्रबिधि अति उत्तम हुन्छ।
-प्लास्टीक मल्चिङ:-लगाइएको खेतिमा झारपात नआवस र माटो ओसिलो भइ खेतिको लागी अनुकुल माटो भइ बसोस भनेर प्लास्टीक मल्चिङ गरिन्छ ।यसो गरे झारपात नआउने ,लगाइएको मलखाद सम्बन्धीत खेतीले मात्र पाउने र मल्चिङको कारण घाम पानीको असर नपर्ने हुनाले खेति सप्रन्छ र उत्पादन बढी दिन्छ।खुर्सानी, टमाटर,कोभि,अदुवा आदी यो प्रबिधिले गरे राम्रो हुन्छ।
-प्लास्टीक नर्सरी ट्रे:-बिभिन्न बालीहरु भरखर बेर्ना अवस्थामा अति संबेदनशिल हुन्छ सामान्य असरले पनि बिरुवा नसप्रने रोगिने र नसर्ने हुन्छ यस्को लागी नर्सरी ट्रे अति उपयोगीत हुन्छ ।यसरी नर्शरी ट्रेमा तयार पारीएको बिरुवा१००℅ जस्ताको तस्तै सर्ने भएकोले छिटो र बढी आम्दानी दिन्छ।टमाटर,कोभि,खुर्सानी,काँक्रा,फर्सी,करेला आदी यो प्रबिधिले गरे राम्रो हुन्छ।

बेमौसमी बन्दा खेती गर्ने बेला भयो जानौ प्रविधि लगायत सम्पूर्ण जानकारी


-परिचय
परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली बन्दा केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न थालिएको छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा बन्दा खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात असार देखि कात्तिकसम्म उत्पादन गरिने वालीलाई वैमौसमी वन्दा खेती भनिन्छ भने कातिक पछि जेठसम्म उत्पादन हुने वन्दा मौसमि बन्दा हो ।
-वीउदर– १ रोपनी जग्गाको लागि प्राईड अफ ईन्डिया र गोल्डन एकर जातको लागि २० देखि ३० ग्राम र हाइब्रीड जातको लागि १० ग्राम वीउको आवश्यकता पर्छ ।
-लगाउने समय
मध्ये पहाडमा बेमौसमी बन्दा उत्पादन गर्न चैत देखि असार सम्म बेर्ना राख्नुपर्छ । र २०–२५ दिनको विरुवा सार्नु पर्दछ । मौसमि बन्दाको लागि भने साउन पछि बैसाखसम्म बेर्ना राखिन्छ ।
-नर्सरी व्यवस्थापन
पारिलो वा विहान देखि बेलुकासम्म घाम लाग्ने, पानी नजम्ने, सिँचाइ र निकासको राम्रो व्यवस्था भएका ठाउ छान्ने । अलि अलि वालुवा मिसिएको, खुकुलो दोमट माटो भएको, प्रशस्त प्राङ्गारिक पदार्थ भएको रुख, कान्ला, घर, गोठ आदि केहीको पनि छाँया नपर्ने ठाउँ नर्सरीकोलागि उपयूक्त हुन्छ ।
-जग्गाको तयारी
ठिक्क चाहिने चिस्यानको व्यवस्था गर्न वर्षायाममा बनाईने ब्याड कम्तिमा १५÷२० से.मी उच्चो हुनु पर्छ । ब्याडको वरीपरी कुलेसो काटेर पानी तर्काउने व्यवस्था गर्नुपर्छ । ब्याडको चौडाइ १ मिटर जति र लम्बाई आवश्यकता अनुसार हुनुपर्छ । राम्रोसँग खनजोत गरी झारपात, ढुंगाका हटाई डल्ला फोरेर माटोलाई बुर्बुराउँदो बनाउनुपर्छ ।
-मलखाद व्यवस्थापन
१ वर्गमिटर ब्याडलाई ५ किलो गोठेमल, ५ ग्राम युरिया, ५ ग्राम डि.ए.पि., ५ ग्राम पोटासका दरले हाली माटोमा राम्ररी मिलाउनुपर्छ । नोटः– मलिलो माटोमा गोठेमल ८–१० किलो र खरानी ४,५ मुठ्ठी प्रति वर्गमीटर राख्न सके रासायनिक मलको आवश्यक्ता पर्दैन ।
-बीउ छर्ने तरीका
८÷१० से.मी. (५—६ अँगुल) को फरकमा २ से.मी. (१ अँगुल) गहिरो धर्सा बनाउनु पर्छ । हरेक धर्सामा ४ से.मी. (२–३ अँगुल) को फरकमा बीउ खसाल्नुपर्छ । त्यस धर्सामा बालुवा, खरानी, माटो वा कम्पोष्टको धुलोले बीउ पुरेर हातले हल्कासंग थिच्नुपर्छ । बीउ रोपिसकेपछि वर्षायामको मुसलधारे पानीबाट जोगाउन निम्न उपायहरु अपनाउन सकिन्छ ।
-छानो वा गुमोजको व्यवस्थाः–
नर्सरीलाई बर्षात वा बढि चिस्यानबाट बचाउन घाम छिर्ने तर पानी नछिर्ने सेतो प्लाष्टिकको छानो (१–१.५मीटर अग्लो र एकतिर करालो परेको) बनाउनुपर्छ । पानी परेको बेला प्लाष्टिकले छोप्ने र पानी नपरेको बेला प्लाष्टिक हटाउनु पर्छ । तर राती नर्सरीलाई प्लाष्टिकले ढाक्नुपर्छ । तर हिउदमा बेर्ना उत्पादन गर्न को लागि भने पालोबाट बचाउनको लागि प्लाष्टिकको गुमोज बनाउनुपर्छ । बेर्ना उम्रेपछि दिउसो प्लाष्टिक हटाउने र राती छप्ने गर्नुपर्छ ।
-बेर्नाको हेरचाह
यसका लागि २,३ दिन बिराएर हजारीले एकनाससँग बिहान वा साँझपख १ भाग मुत्र वा गितीमलमा ८,१० भाग पानी मिसाएर छर्कनुपर्छ । झारपात देखिने बित्तिकै उखेली हटाउनुपर्छ र चुच्चे कुटोले ब्याड हल्कासँग खोस्री एक दुई पटक बेर्ना गोड्नुपर्छ ।
बेर्ना सार्ने दुरी
अगौटे जातहरुको लागि ४० सेमि बोटदेखि बोट र ४० सेमि लाईनदेखि लाईनको दुरी र ६० सेमि लाईनदेखि लाईनको दुरी र ४५ से.मी. बोटदेखि बोटको दुरी उपयुक्त हुन्छ ।
-जमिनको तयारी
बन्दा लगाउने जमिन २,३ पटक खनजोत गरि डल्ला फुटाउने, ढुङ्गा, झारपातहरु र बाली नालिका अवशेषहरु हटाउने । बर्षातमा खेती गरिने भएकाले १० सेमि जति अग्लो ड्याङमा बेर्ना रोप्नुपर्छ । अथवा निकासको लागि हरेक २÷३ लाइनको फरकमा १०÷१५ (१ कुरेत) गहिरो र १ मुडी हात चौडा कुलेसो बनाउने । वरिपरिबाट निकासको राम्रो ब्यवस्था गर्ने ।
-मलखाद
बिरुवा रोप्न को लागि २० सेमि(१ बित्ता भन्दा गहिरो खाडलहरु बनाई प्रत्येक खाडलमा २, ३ किलो राम्ररी पाकेको पर्सो, १५ ग्राम गेडामल, १० ग्राम पोटास वा १ मुठी खरानी राख्ने । बोरेक्स १ किलो प्रतिरोपनी का दरले जमिन तयार गर्दा माटोमा मिसाउने ।
-बेर्ना सार्ने
बेर्ना सार्नु १ हप्ता पहिले देखि सिचाई नगरिकन बेर्नालाई खुला वतावरणमा बानी पार्नु पर्दछ । यसको लागि वर्ना ३ पातको भएपछि २,३ दिन सम्म दिनमा प्लाष्टिक हटाउने तर रातको समयमा छोप्नुपर्दछ । त्यसपछि सधैंको लागि प्लाष्टिक हटाइदिनु पर्दछ । ब्याडमा बेर्ना तयार भएपछि बेर्ना उखेल्नु १,२ घन्टा अघि पानीले भिजाउनु पर्छ र जरा नटुट्ने गरी खुर्पीले माटो समेत निकाल्नु पर्छ । र मल राखिएको खाडलमा ब्याडमा बेर्नाको जति भाग माटोमा छ त्यति नै भाग मात्र माटोमुनि पर्नेगरि रोप्ने र सिंचाई गर्ने । बेर्ना सारेको १,२ दिनमै नुभान १ एम एल र बेभिष्टिन १ ग्रा प्रतिलीटर पानीमा मिसाई बेर्नामा र वरीपरी फेदमा समेत पर्नेगरी छर्ने ।
-पुन मलखाद
बिरुवा सारेको २०, २५ दिनपछि ५,५ ग्राम (१÷१ चिम्टी) यूरिया, र पोटास वा १ मुठि खरानि प्रतिबोट पर्नेगरि फेदबाट ५सेमि टाढा ५ सेमि गहिरो गरी राखि छोपिदिने र डल्ला बन्न लागेपछि प्रतिबोट ५ ग्रा यूरीया बोट वरिपरि छरेर माटोमा मिलाउने र सिचाई गर्ने । युरीयाको वदलामा गहूत वा गितीमल १ भागमा ५ भाग पानी मिसाएर १० दिनको फरकमा छर्कन सकिन्छ ।
-बन्दामा लाग्ने रोग र कीरा व्यवस्थापन–
रोग कीरा लाग्न नदिने वा आर्थिक रुपमा क्षति हुन नदिने उपायहरु
१) रोग अवरोधक जातहरु जस्तै बन्दाको ग्रीन क्राउन, गी्रन कोरोनेट, टी–६२१ जातको खेती गर्ने ।
२) सिरेसान वा क्याप्टान २ ग्रा. प्रति किलो का दरले वीउ उपचार गर्ने ।
३) नर्सरीको राम्रो व्यवस्थापन गरी स्वस्थ विरुवा मात्र सार्ने ।
४) राम्ररी पाकेको गोवरमल को प्रसस्त प्रयोग गर्ने ।
५) झारपात तथा पुरानो पातहरु हटाएर खेतबारी सफा राख्ने र लामो फसल चक्र अपनाएर खेती गर्ने ।
६) राम्ररी अवलोकन गरी पातको तल्लोपट्टी भएका पूतलीका पहेला अण्डाहरु र लार्भा हरु थिचेर मार्ने ।
७) निकासको राम्रो ब्यवस्था गर्ने र बेर्ना ड्याङमा लगाउने ।
-रोगहरु
१) डाठ, फेद, वा जरा कुहिने रोग– यो रोग लागेर विरुवा ओईलाएमा डाईथेन एम ४५ एक लिटर पानीमा २ ग्राम का दरले १० दिनको फरकमा २ पटक छर्कने । गोवर पानी को झोल ४,५ पटक प्रयोग गरेमा पनि यो रोगको क्षति कम गर्न सकिन्छ ।
२) कालो सडन– बन्दाको पातको नसाहरुको बीचमा तीनकुने आकारको पहेलो खैरो धब्बा देखिन्छ र पछि डाठ पात कालो भई कुहिने र गन्हाउने हुन्छ । यसको व्यवस्थापन को लागि पी. सुरक्षा प्रतिलिटर पानीमा घोलेर ४,५ दिनको फरकमा छर्कने । साथै प्लानटोमाइसीन वा स्ट्रेप्टोमाइसीन १,२ मि. लि. प्रति १० लि. पानीको दरले २/३ पटक छर्कने । लामो वाली चक्र अपनाएर खेति गर्ने ।
३) पात नरम भएर सडने रोग– शुरुमा यो रोग लागेको बोटको केही पातहरु दिउसो ओईलाउने र साझ स्वस्थ देखिन्छन् पछि पात कुहिएर मर्छ । डल्ला को बाहिरी पात भन्दा भित्री पात बढी कुहिएको देखिन्छ । यसको व्यवस्थापनको लागि स्वस्थ वेर्ना प्रयोग गर्ने, लामो वाली चक्र अपनाएर खेति गर्ने, राम्रो निकासको व्यवस्था मिलउने,माटोमा प्रसस्त गोठेमल मिसाउने । डाइथेन एम– ४५ वा बेभिस्टिन २ ग्राम प्रति लिटर पानीको दरले १५,१५ दिनको फरकमा २,३ पटक छर्कने ।
किराहरु
१) लाही किरा– यी किराहरुले कलिलो मुन्टा वा पात मुन्तिर वसेर रस चुसेर क्षति पु¥याउछन् । जसले गर्दा वोट नबढने र पात खुम्चने गर्छ । यसको रोकथामको लागि १ भाग गौंत मा १० भाग पानी मिसाएर छर्कने । खरानी छर्कने ।
२) पात खाने लार्भाहरु– यी लार्भाहरुले पातको हरीयो भाग खाई पात जालीजस्तो वनाईदिन्छ र यसको प्रकोप बैशाख जेष्ठमा बढि हुन्छ । यसको रोकथामको लागि मार्गोसोम वा मल्टिनिम ३ मिली लीटर प्रति लिटर पानीका दरले छर्कने । वा मालाथियन वा थायोडान २ एम.एल.प्रतीलीटर पानीका दरले किराहरु देखेपछि छर्कने । वा १० दिनको अन्तरमा बानस्पतिक बिषादिको प्रयोग गर्ने । लार्भालाई खाने बारुलाको संरक्षण का लागि घातक बिषादिको प्रयोग नगर्ने ।
-उत्पादन
मौसमी बन्दा प्रतिरोपनी १०००–१५०० किलो सम्म उत्पादन हुन्छ । त्यतिबेला बन्दाको मुल्य रु ५–१० सम्म पर्छ ।
– कालीप्रसाद पाण्डे

माटोको नमुना र हरियो मल सम्बन्धि pdf file डाउनलोड गरेर पढ्ने अनि उपयोगी जानकारी लिने….

माटोको नमुना र हरियो मल सम्बन्धि pdf file download डाउनलोड गरेर पढ्ने अनि उपयोगी  जानकारी लिने….

#माटो_तथा_मल_परिक्षण_प्रयोगशाला ले तयार परेको यो बुकलेटमा PDF डाटाबेस मार्फत हजुरहरूले तरकारी खेती ,फलफूल खेती ,खाद्यान्न बालि,दलहन बालि, मसला बालि लगायत कृषिजन्य कुनै पनि व्यवसाय गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खेतबारीको माटो अनिवार्य रूपमा परिक्षण किन र के कसरी गराई माटो सुहाउँदो अनुसार खेती गर्न सकिन्छ भन्ने जानकारी समेत पाउनुहुनेछ ।

माटो परिक्षण गरेमा कति मात्रामा मलखाद्व प्रयोग गर्ने ,कुन मल कति राख्ने ,आफ्नो खेतबारीको माटाको अवस्था के कस्तो छ, माटोको पि.एच., माटोको बनोट, माटोमा प्राङ्गारिक पदार्थको मात्रा लगायत माटोको स्वास्थता बारे थाहा हुने भएकले आफ्नो नजिकैको नगरपालिका/गाउँ पालिका को कृषि शाखा अथवा कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक सरहरू सँग सल्लाह गरि माटो को नमुना के कसरी लिने ,कति लिने सोधपुछ पश्चात् उक्त माटोको नमुना प्रयोगशालामा जाँच गरी नतिजा र प्राविधिकको सल्लाह बमोजिम खेती व्यवसाय गर्न हुन सबैमा अनुरोध छ ।
माटोको नमुना लिने तरिका र हरायो मल सम्बन्धि जानकारी को लागि तलको लिंक बाट #pdf डाउनलोड गरि थप जानकारी लिन सक्नुहुन्छ ।
#HealthySoilMission_Challenge  #DevDhawal

https://drive.google.com/file/d/1TPUTssv5tks2ZEYxRKkVJ6-BYt87VmaO/view?fbclid=IwAR2Vw0dxYZ_SMcR8UpvI_x6Dw3UEdCsbTYA7twKTh0wqAK1NTTTUzDCTCdg

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषण हास्यास्पद बनेको छ – देव धवल

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषण हास्यास्पद बनेको छ – देव धवल

नेपालले लगभग ७५% कच्चा पदार्थ आयात गरेर उत्पादन गरिने क्षेत्र आत्मनिर्भर भयो भन्दा सुन्दा हास्यास्पद लाग्छ …..?
नेपालमा आयात गरिएको वस्तु :
खाद्यान्न ५४ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ, तरकारी २५ अर्ब,
फलफूल १२ अर्ब ३१ करोड,
चिया कफी ६ अर्ब १९ करोड ९३ लाख,
विभिन्न प्रकारका मासु १ करोड ८५ लाख,
मासुजन्य जिउँदो जनावर १ अर्ब १० करोड ६४ लाख,
माछा १ अर्ब १७ करोड ४८ लाख,
डेरी उत्पादन १ अर्ब ३३ करोड १८ लाखबराबरको यश वर्ष भरमा आयात भएको छ भने कुन आधारमा आत्मनिर्भर ???


हरी विजोग भयो देश!
https://www.facebook.com/467016646795349/posts/1856303227866677/?sfnsn=mo

नेपाल सरकारले सरकारी बजेट संगै किसानलाई ठग्ने काममा व्यापारीसंगै जुडेको संकेत – देव धवल

नेपाल सरकार ( कृषि सामाग्री कम्पनी लि. र साल्ट ट्रेडिङ लि.)ले ग्लोबल बोलपत्र प्रक्रिया मार्फत हलै खरिद गरेको युरिया मलमा ने.रू.४६४४० प्रतिमेटिक टन परेको विभिन्न मिडियाले जानकारी गराउने गरेको छ । यस दरले प्रतिबोरा रू.२३२२/- पर्नेछ । तर यथार्थमा तल दिएको estimate अनुसार US.$220/MetricTon अर्थात ने.रू.१२८७/- मात्रै पर्ने देखिन्छ  । बोलपत्र मार्फत भए नि सरकारले यस्तो लापरबाही गरि केही व्यापारी/दलाल पाल्ने/मोटाउने खेल मात्रै नभए भित्री कमिसनको खेलो पनि भएको हुना सक्ने पुर्व कृषि मन्त्री मा.घनश्याम भुसालको भनाइलाई केलाउदा देखिने हुन्छ । अत: सरकार चलाउने केही व्यक्तिको अन्य कृषक सहयोगी वस्तुको आयतमा समेत मिलोमतो भएको हुना सक्छ भन्दै नियमानुसार छानबिन गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउन न्यायिक संघसंस्थाले पहल गर्नुपर्ने देखिन्छ भन्दै देव धवल सरकारको यस्तो कामप्रति खेद प्राकट गर्नुभएको हो ।

Urea / युरिया

अधिक जानकारीको लागि तलको reference हेर्नुस् र थप जानकारी समेत लिनुहुन हार्दिक अनुरोध छ ।   
#DevDhawal
—————————————————-

कम्पनीको तर्फबाट आएको एउटा संदेश पढ्नुहोस्

Specifications

Urea industry,agri grade 
46% prilled N46 
Nitrogen: 46.6%Moisture: 0.4% 
Biuret:0.9% 
Particle size(0.85-2.80mm): 98%
Urea industry,agri grade
46% prilled N46
Nitrogen: 46.6%Moisture: 0.4%
Biuret:0.9%
Particle size(0.85-2.80mm): 98%orUrea 46% or Urea N 46% or Urea prilled or Industry Urea
CAS:57-13-6
Molecular Formula: CH4N2Ol
Molecular Weight:60.06
Melting point:132-135C
Relative density:1.335g/ml at 25C(lit)


Item
Specification
Nitrogen
≥46.6%
Biuret
≤0.9%
Moisture
≤0.5%
Size
0.85mm-2.8mm 98%min, free follow
Packing: 50kg ,500kg,1000kg PP bag or pallet available 
Cif Price: US $220  / Metric Ton 
Payment terms – 30% T/T deposit and 70% on shipping documents.


All Export certification document costs are included.
Price Valid – 7 Days from the date of issue.
Samples can be provided, if you wish to get samples please contact us.





Best Regards


upload image
Andrew Henderson
Director
ANTONIO ROSSETTI CONSULTING
M: +27 64 025 3984 (WhatsApp)

A: 33 Wright St,Sidwell, Port Elizabeth, 6061 Eastern Cape.
W: www.rossettiholdings.co.za
E: rossettiholding@gmail.comSpecifications

Urea industry,agri grade 
46% prilled N46 
Nitrogen: 46.6%Moisture: 0.4% 
Biuret:0.9% 
Particle size(0.85-2.80mm): 98%
Urea industry,agri grade
46% prilled N46
Nitrogen: 46.6%Moisture: 0.4%
Biuret:0.9%
Particle size(0.85-2.80mm): 98%orUrea 46% or Urea N 46% or Urea prilled or Industry Urea
CAS:57-13-6
Molecular Formula: CH4N2Ol
Molecular Weight:60.06
Melting point:132-135C
Relative density:1.335g/ml at 25C(lit)


Item
Specification
Nitrogen
≥46.6%
Biuret
≤0.9%
Moisture
≤0.5%
Size
0.85mm-2.8mm 98%min, free follow
Packing: 50kg ,500kg,1000kg PP bag or pallet available 
Cif Price: US $220  / Metric Ton 
Payment terms – 30% T/T deposit and 70% on shipping documents.


All Export certification document costs are included.
Price Valid – 7 Days from the date of issue.
Samples can be provided, if you wish to get samples please contact us.





Best Regards


upload image
Andrew Henderson
Director
ANTONIO ROSSETTI CONSULTING
M: +27 64 025 3984 (WhatsApp)

A: 33 Wright St,Sidwell, Port Elizabeth, 6061 Eastern Cape.
W: www.rossettiholdings.co.za
E: rossettiholding@gmail.com

१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना – देव धवल

आज ८ मार्च ( फल्गुण २४ गते ) अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस मनाउने दिन हो । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न विभिन्न कार्यक्रम गरी मनाउने कार्य जारी भएको हामी सबैलाई थाहै छ ।



लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर विभिन्न कार्यक्रम गर्ने गरिएको छ । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको पाईन्छ र महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका भए तापनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

यस दिवसको विभिन्न बुद्धिजीवीहरुले शुभकामना व्यक्त गर्नुभएको छ । यसै क्रममा कृषक अगुवा देव धवल सरले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित गर्न कृषक समुदायबाट प्राथमिकतामा हेर्नुपर्छ भन्ने कुरालाई जोड दिदै सम्पुर्ण पृथ्वी बासी महिलालाई आज परेको १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मातृभाषा ” लिम्बू भाषा ” मा सरकारी कामकाज

जनमुक्ति पार्टी भाषाको सवालमा पनि एक कदम अगाडि

लिम्बू भाषामा लेखिएको

नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर-५ लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा राष्ट्रिय जनमुक्ति पार्टीले घोषणा पत्रमा उल्लेख गरे झै व्यबहारमा पनि लागु गरेर देखाएको छ । लिम्बू समुदायको बाहुल्य रहेको माङसेबुङ गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्न राष्ट्रिय जनमुक्ति पार्टीको स्पस्ट धारणा र नेपालको संविधानको धारा ६ ले ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा’ का रुपमा सम्बोधन गरेको छ । धारा ७ ले ‘नेपाली भाषाका अतिरिक्त एकभन्दा बढी मातृभाषालाई कामकाजी भाषा बनाउन सक्ने’ र धारा ३२ ले ‘प्रत्येक व्यक्ति समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने’ मौलिक हकको व्यवस्थालाई स्थानीय स्तरमा कार्यान्वयन गर्न सक्ने व्यवस्था रहेको हुँदा बोलिमा मात्र होइन व्यबहारमा पनि लागु गरेर देखाएको वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिएका छन ।

अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको गुनासो – देव धवल

गत वर्षको तुलनामा यस वर्ष अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको दुखेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो ।  यस वर्ष  रु १०० देखि १२० सम्म मूल्य स्थानीय बजारमा तोक्ने गरेको भीमाद नगरपालिका–4 का तुलबहादुर थापाले जानकारी दिए । पाँच रोपनीमा अदुवा खेतीपाती गर्दै आउनुभएको थापाले भने, “गत वर्ष रु दुई लाख मूल्य बराबरको अदुवा बिक्री गरेको । ” भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकको अदुवा बारीमा नै रहेको छ । 
जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्रको रुपमा मानिन्छन् । भारतको मात्रै भरपर्दा कृषकलाई बिक्री गर्न समस्या परेको छ । उनले भने “सङ्कलन, प्रशोधन, भण्डारण र बिक्री सम्बन्धी अध्यायन गरी समाधान गर्न जरुरी देखिएको छ ।” 

Design a site like this with WordPress.com
Get started