Never make friendship or love with these 10 types of people, otherwise you will cry for life.

Dev Dhawal’s friends from Bardiya

There are many good people in the world and a lot of bad people, but it is a little difficult to recognize bad and good people. And we meet many people in life, whom we make friends without knowing and if he goes out bad, the result of this we have to suffer later when he betray us. So if you ever love someone or love someone, then know him a little. Let me tell you 10 things that you will easily recognize the bad people (how to stay away from people)…

How To Identify Good And Bad People
These 10 types of people can ever break your trust so stay away from them,

1). Greedy or greedy man
Greed is the biggest enemy of man. A greedy man is not worthy of any trust. Greedy man can cheat anyone for his benefit. Such people do not think about religion-unrighteousness, respect-Chastity. Such people can go to any extent to complete their meaning or work and put you in trouble too. Therefore, everyone should stay away from greedy or greedy people.

2). Arrogant and arrogant people –
The egoistic people who think themselves better than others are full of the world. Such people understand their wisdom as the most. These people consider themselves the best. God has made everyone two hands, ears, nose, mind. No one becomes better than others by reading more and thinking or earning money. The happiness of the greater intelligent is the same as the poor and the ignorant.

3). People who are happy to see the sadness of others

There are many people in the world who celebrate the sorrow of others. Such people are considered the most powerful in the world. These people always think about hurting others. Such people are in trouble themselves, they can also put you in trouble. It will be better to stay away from such people..

4). People who are not involved in the pain of others –
It is seen that most of the people are not involved in the sorrows of people and they expect that someone can listen to our pain and help us. For this they also go to the people who have never gone to their own sorrows.

5). Lying People –
A lot of people keep lying for their own selfishness or purposelessly. They swear false all the time. If they do wrong, they also swear by lying, by lying and by cheating. You should not trust these people, false people will ruin you. These are not worthy of faith.

6). People who cover their bad habits –
Those who have to cover their bad habits or justify them will also get a lot. If they are drinking alcohol, they will argue about the good wine. If they are doing any other religious work, then they will support fallacy to cover the work. They always try to hide their mistakes and support bad habit for it. Always lie.

7). Cheating the loved ones –
Those who have relation with a stranger woman will also get a lot. You will also find such women who are with other men by cheating their husband. This is against the morality of our family society. Seeing people like this, they oppose them and some think of living a life like them. Those who justify all kinds of unethical relations are criminals in the eyes of religion. Such people are the biggest dōkhēbāza in the world. Such people are always thinking of doing wrong. And the whole life will continue to disturb you, so stay away from people.

8). The DECEIT –
The Spirit of deceit lives in the mind of many people. Such people are greedy and selfish. The hypocrites do not even take a moment to do anything wrong with someone to fulfill their meaning. In such people, there is no sense of familiarity or love towards anyone. They just believe in fulfilling their work of deceit, betrayal, and hiding. Never trust in the words of such people.

9). People who consider themselves more knowledgeable
There are millions of people, who can’t shut their tongue. They never give others an opportunity to speak. In every thing they want to keep their opinion even if they don’t know about that topic. Such people talk more than need. They do it without thinking. Most of these are those who always keep doing negative things. There is always a bitter word from their mouth. You can never establish a dialogue with such people.

10). People who do not serve parents –
In today’s era, there will be a lot of people who have rarely served the parents, but now they expect service from their children. There will be a lot of young sons who quarrel with parents. There is very bad misery in their old age. This is written in the garuda purana.

3 G कटींग भनेको के हो ?

3G कटींग भन्नाले कुनै पनि बिरुवालाई तेस्रो पुस्ता सम्म लगेर त्यसबाट फल उत्पादन गर्नुलाई बुझिन्छ | यस्तो गर्दा पहिलो र दोस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन गरिदैन र तेस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन लिने गरिन्छ | बिरुवा लगाइसकेपछी जुन मुख्य लहरा हुन्छ त्यसलाई पहिलो पुस्ता भनिन्छ भने त्यहि मुख्य लहरा बाट आउने अरु साखा हाँगाहरु दोस्रो पुस्ता हुन् र दोस्रो हाँगा बाट पनि आएका साखा हाँगाहरु तेस्रो पुस्ता हुन् |

अनुसन्धान को अनुसार पहिलो र दोस्रो पुस्ताका हाँगाहरुमा पोथी फुल भन्दा भाले फुल बढी हुने पाइएको छ | लगभग १४ भाले फुल को अनुपात मा १ ओटा पोथी फुल फुल्ने गर्दछ (पहिलो र दोस्रो पुस्ताको हाँगाहरुमा)| जसका कारण एकदम धेरै फुल फुले जस्तो देखिने तर टी अनुपातमा फल नलाग्ने हुन्छ | यसकारण बिरुवालाई तेस्रो पुस्तासम्म लाग्दा पोथी फुल धेरै र भाले फुल कम हुन्छन | यसरी राम्रोसंग परागकण भएको खण्डमा यस 3 G कटींग बाट एउटा हाँगामा धेरै भन्दा धेरै फल फल्छन र एउटा बोट बाट नै धेरै उत्पादन गर्न सकिन्छ |

3 G कटींग कसरी गर्ने ?

3 G कटींग प्रायजसो कुकुरबिटेसी (लौका,काक्रो, चिचिन्दा आदि) परिवारका बिरुवाहरूमा गरिन्छ |

१. मुख्य लहरा (हाँगा ) लाई राम्रोसँग बढ्न दिने ,

२. मुख्य हाँगा ५-८ फिट पुगेपछि यसको टुप्पो (४-५ इन्च) काट्दिने’

३. मुख्य टुप्पो काटेपछि यसका साखा हाँगाहरु बढ्न थाल्छन,

४. अब दोस्रो पुस्ताको हाँगाहरु २-३ फिट पुगेपछि ति हाँगा को पनि टुप्पो काट्ने र यसरी दोस्रो पुस्ताको हाँगाहरु बाट पनि अरु साखा हाँगाहरु आउँछन जसलाई तेस्रो पुस्ता भनिन्छ,

५. यसरी अब आएका तेस्रो पुस्ताको हाँगाहरुलाई बढ्न दिने र यी हाँगाहरुबाट फल उत्पादन गर्ने |

ध्यान दिनुपर्ने कुरा: मुख्य लहराको ४-६ पात सम्म कुनै पनि साखा हाँगाहरु राख्नु हुदैन |

लहरे बालीका किरा र तिनको व्यवस्थापन

फर्सीको रातो खपटे
• संक्रमित खेतहरू माटोमा ग्रबहरू मार्न गहिरो जोताउँछन्।
• खेतमा बाढी सिँचाइ अपनाउनुहोस ।
• नोभेम्बरमा बाली छर्नाले यस कीरबाट क्षति हुन पाउदैन ।
• अंकुरणपछि बिरुवाको फेद नजिकै जमिनमा प्रति हेक्टर ३-४ सेमी गहिरो ७ केजी कार्टप हाइड्रोक्लोराइड ३ जीआर प्रयोग गर्नुहोस् र सिँचाइ गर्नुहोस्।
• प्रति हेक्टर २५० लिटर पानीमा कार्बेरिल ५० डब्ल्यूपीको ३७५ ग्राम स्प्रे गर्नुहोस्।

पतेरो
• पतेरोकोको विभिन्न चरणहरू संकलन गर्ने र नष्ट गर्नुहोस्।
• बाली छेत्रको सरसफाई, झारपातो होस्ट र पतेरोको अन्य ओभरविनिटरिंग साइटहरू हटाउने।
• टाचिनिड फ्लाई (निम्फ र वयस्कलाइ असर गर्छ) जस्तो परजीवी र केही बारुलाहरू व्यवस्थापनका लागि प्रयोग गर्न सकिन्छ ।
• रोगर (डायमेथोएट) ३० ईसी @ १.२५-१.५ मिलिलिटर/लिटर पानीमा मिसाई छर्ने ।

फर्सीको फल कुहाउने औँसा
• नियमित रूपमा संक्रमित फल हटाउने र विनाश गर्नाले यस कीटलाई दबाउन सहयोग गर्दछ।
• बोट मुनिको माटो बारम्बार खुकुलो बनाउने वा बाली काटेपछिको बाली लगाउन अघि खेत जोत्ने जसले प्युपा मार्न मद्दत पुर्या उँछ।
• क्यू ल्युर पासो स्थापना गर्नुहोस् (प्रति रोपनी ४ फन्दा)।
• प्रति हेक्टर ५० लिटर पानीमा ५ मिलीलीटर मालाथिओन ५० ईसी + ०.५ केजी चिनी भएको चारा स्प्रे गर्ने । यदि समस्या गम्भीर छ भने स्प्रे दोहोर्याउनुहोस्।
• मलाथियन ५०% ईसी @ २ मिलिलिटर प्रति लिटरमा २ ग्राम गुड़ प्रति १ लिटर मालाथीयनमा मिसाई स्प्रे गर्ने ।
• हाइबरनेटिंग प्युपा(Pupa) मार्न प्रति हेक्टर २० किलोग्राम मालाथिओन ५% धूलोको साथ बोटको जरा क्षेत्रको माटोको उपचार गर्नुहोस्।
• खानाको आकर्षण @ १ केजी फर्सीको प्रयोग गर्नुहोस् र १०० ग्राम गुड़ र १० मिलीलीटर मालाथिओन थप्नुहोस्।

लहरेबालीको लाही
• सिफारिश गरिएको खुराकको रूपमा मल लागू गर्नुहोस्।
• पहेलो टासिने पासोको प्रयोग खेतको विभिन्न ठाउमा गर्ने ।
• लेडीबर्ड बीटल(थोप्ले खपटे) जस्ता सिकारीको रिलीजिंग र पालनपोषण गर्ने ।
• प्रति हेक्टर ५००-१००० लिटर पानीमा डिमेथोएट ३० ईसी 660 मिलीलिटर स्प्रे गर्ने ।

थोप्ले खपटे
• खेतबारीको सरसफाई गर्ने ।
• प्रारम्भिक चरणमा कीराहरूसहित संक्रमित पातहरू संकलन गर्ने र नष्ट गर्ने ।
• किरा देखा पर्ने बित्तिकै १० दिनको अन्तरालमा मालाथियोन ५० ईसीको ६२५ मिलीलीटर प्रति हेक्टर ३२५ लिटर पानीमा मिसाई छर्कनुहोस् ।

#लहरेबाली #काँक्रो #फर्सी #समूह #कीरा

उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल”कृषक समुदायमा बिकासको लागि कृ.अगुवा देव धवलको अष्ट नीति


नामको मात्रै आधुनिकतामा विलिन भइ कृषि आधुनिकीकरण, कृषि व्यवसायीकरण र कृषि यान्त्रिकिकरणको कुरा गरीरहँदा किसान समुदायमा विद्यमान सामान्य समस्याहरु जस्तै कृषकले गरेको उपजले बजार नपाएर बारीमै कुहिएको, उत्पादित दुध फल्नुपर्ने , कृषक उत्पादनले बजार मूल्यको न्यूनतम भाग पनि नपाएको, खेती गर्ने बेला अति अवश्यक कृषक उत्पादन सहयोगी वस्तु जस्तैः  मल, बीउ इन्धनको  अदिको अभाव भएको कुरालाई हामीले नकार्न पनि मिल्दैन।
थौरै समयका लागि मात्रै चर्चाको विषय बन्ने यी परिस्थितिले कृषक समुदायको हकिकतमा हाम्रो अधिकार हननले जाडो गाडेर बसेका छन । नेपालमा कृषक उत्पादन मुखि पेशालाई पुर्खौ देखि निर्वाहमुखी पेशाको रुपमा अंगाल्दै आएका गाउँघरका किसान माझ विद्यमान जटिलताहरुलाई राज्यका संयन्त्रहरुले सम्बोधन गरी न्याय दिनुको सट्टा अघोषित रूपमा कृषक समुदायबाट आर्थिक आमदानी गर्ने मुल आधार मात्रै बनाउने गरिएको हामी सबैलाई अवगत छैन् । सरकारको निकायले  कृषक समुदायलाई लुकामारीको खेल खेल्न बाध्य बनाउने काममा कहिले पछि नपरेको हामी सबैलाई अवगतै छ ।
कृषकलाई खाद्य बस्तु उत्पादन गर्नका लागि चाहिने अति आवश्यक सहयोगी वस्तु जस्तै : दाना, मल, बीउ, औजार बजार चाहिने बेला सरकार लुकिदिन्छ, अबोध कृषक खोजिरहन्छ । सरकारले योजना, कार्यक्रम र नीति निर्माण गर्दा वास्तविक कृषि र कृषक नभेटि, सरकार कृषक छोडी बिचौलिया र दलालको वरपर घुमिरहन्छ । मन्त्रालय र कृषकका बीच प्रत्यक्ष सम्बन्ध स्थापित हुन नसकेका कारण नै दलाल, बीचौलिया र किसानको खोल ओढी राजनीति / आफ्नोवाद गर्नेहरु नै मन्त्रालयका सारथी बन्न पुगेका छन् ।कृषक सहयोगी नीति निर्माण तहमा पनि यिनकै बाहुल्यता र वर्चस्व छ । जसलाई हलो छुनु पाप लाग्छ भन्ने भावनालाई उजागर गरेको छ उसै मार्फत कार्यक्रम नि जानु किसानको लागि दुर्भाग्यपूर्ण हो । अधिकांश दुर्गम र पहुँच बिहीन कृषकहरूले त कृषिमा आएका अनुदान, सेवा, प्रविधिको सूचना र तालिमहरु बारे पत्तो नपाउदै, पए पनि समय बितिसकेको हुन् कि पहुच नभएकोले सहभागी हुना पाउदैनन् । मन्त्री, कर्मचारी , सुचनापत्र परिवर्तन भईसकेका हुन्छन् तर कृषक समुदायसँग यसको सुचना नै पुगेको हुदैन । “राष्ट्रिय किसान आयोग के हो ?यस आयोगको काम कर्तव्य के के हुन ?हामी कृषकले यहाँबाट के सुबिधा पाईन्छ ?कृषक समुदायमा राष्ट्रिय कृषक आयोगको भुमिका कस्तो हुनुपर्छ भन्ने यो आयोग बारे कृषक समुदाय / कृषक प्रेमी / कृषक सहयोगी लगायतका बिभिन्न पक्षले चासो नराखेको होइनन् ?”तर , राजनीति हिसाबले बनाईएको यो आयोगको काम पार्टी कार्याकर्ता पालेने र आगामी चुनावी समयमा के गर्ने बाहेक बहस नै नभएको बृज्ञहरूको भनाइमा हामी नकार्न सक्दैनौं ।
कृषक समुदायको छोराछोरी बिदेशीएर आएको रेमिट्यान्स र कृषि बाट २७ देखि ३५% राज्यकोषमा नाफा भएर चालेको हाम्रो मुलुक एउटा कृषक प्रधान मुलुक भए त पनि कृषि बिकासको नारा फुकि ६०% कृषक समुदायलाई भ्रम राखी हालसम्म कृषि मन्त्रालयमा आएका मन्त्री हेरि निराश बनेका आम जनता र कृषकहरु अहिलेको कृषि मन्त्रालयसँग केही आशावादी नभएका होइनन् । तर मन्त्रालयमको विद्यमान संरचना, कार्यपद्धती, परम्परा र मान्यताहरुमा सु-संस्कारमा आफ्नोवादलाई पाल्ने निति तथा कार्यले गर्दा देशमा झन्झन् उत्पादनमूलक काम र कृषक घट्दो आवस्थामा रहेको हामी सबै अवगतै छ । आगामी दिनमा मन्त्रालयले आफ्ना कार्ययोजना कसरी अघि बढाउछ, त्यो त हेर्नै बाकी छ ।तर नेपाल बिकासको दृष्टिकोणबाट कृषक समुदायलाई विश्लेषण गर्ने हो भने यसका मुख्य आठ तत्वले अष्टक्षेत्रको निर्माण गरि सिङ्गो देशलाई विश्व समक्ष “उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल” भनेर केही समयमै चिनाउन नसकिने होइन । तर विश्वको लागि नमुना बन्नु कुनै बच्चाबच्चीको खेल त होइन तर यहीँ देशको युवाले चाहे राज्ये योजना दिए नेपालमा पर्यटक भित्र्याउन “भ्रमण बर्ष घोषण” गरि हामी स्वभिमानी नेपाली जनताको चेलीबेटीलाई अघोषित रूपमा बिदेशीलाई स्युपिनु भन्दा ज्ञान सिप सहितको उपयुक्त संस्कार स्युपेर अनगिन्ती आमदानी भित्र्याउन नसकिने पक्कै होइन । किनभने इजरायलमा हाम्रो नेपाल जस्तो हावापानी बिबिधता नभए त पनि विश्वलाई कृषि उत्पादनमूलक सिप सिकाउने मुख्य केन्द्र बानी पर्यटनलाई पनि आकर्षित गरेको छ । नेपालबाट नि बर्षेनि हजारौंको संख्यामा कृषि सिक्न इजरायल जाने गरेको हामी सबै थाह नभए त पनि यो कुरा शतप्रतिशत सत्य हो र यसमा सरकारले नि लगानी गर्ने गरेको छ । यदि नेपाललाई विश्व समक्ष चिनाउने लुम्बिनी र सगरमाथा छ भने हामी किन भुल्ने गर्छौ कि विश्वमा पाइने हावापानी नेपालमा एउटा मुलुकमै पाउने गरिन्छ । यस बिबिधताको फाइदा उठाउदै विश्व भरि गरिने खेतीपाती तथा अन्य प्राथमिक उत्पादन नेपालको एकै समयमा गर्ना सकिन्छ । यस्तो कार्ययोजना तयार गरे ६०/७० लाख नेपाली बिदेशीनुको ठाउँ हामी नेपालीले बिदेशीलाई रोजगारी दिनुको साथै सिप शिक्षा र विश्व भोकमरी मुक्त समाज दिन सक्छौ । नेपाललाई विश्वका कृषकहरूको लागि पाठशाला बनाउन सक्छौं ।
यस्तो कार्यक्रम गरि नेपालीको स्वामित्व जोगाउने तथा नेपाललाई विश्वको नमुना बनाउने कामको लागि यो अष्ट नीति कार्यको खाँचो रहेको देख्न सकिन्छ ।क,ख,ग,घ,ङ,च,छ,ज…….
( नोट : थप योजना पत्रकार सम्मेलन कृषि मन्त्रीहरूको उपस्थित भए सर्बजनिक गरिनेछ किनभने नेपालमा रहेको अवसारबादीहरूले हामीले बनाएको धेरै योजना तोडमातोड गरि आफ्नोवादलाई पाल्ने योजनामा परिवर्तन गरिएको छ । )


योजनाकार : देव धवल,अध्यक्ष राष्ट्रिय कृषक महासंघ नेपाल

धानको ब्याड राख्ने बेला भयो धानको ब्याड व्यवस्थापनबारे जानौ

१. उन्नत जात र बीउ छनोट
• उन्मोचित वा दर्ता भएको उन्नत जातका बीउ मात्र प्रयोग गर्ने।
• बीउ खरिद गर्दा आधिकारिक संस्था वा एग्रोभेटबाट प्रमाणित /यथार्थ संकेत पत्र सहितको बीउ मात्र प्रयोग गर्ने।
• बीउमा झारपात र अन्य बालीको बीउ मिसिएको हुनु हुदैन ।
• उमारशक्ति ८० प्रतिशत भन्दा बढी भएको हुनुपर्छ।

२. बीउको मात्रा तथा उपचार
• उन्नत जातको बीउ १ रोपनीमा २.५ के. जी. वा १ कट्ठामा १.५ के. जी. चाहिन्छ।
• बर्णशङ्कर जातको बीउ १ रोपनीमा ७५० ग्राम वा १ कट्ठामा ५०० ग्राम चाहिन्छ।
• उन्नत जातको बीउ १५ वर्गमीटरको नर्सरी ब्याडमा ५०० ग्राम छर्ने।
• “बेभिस्टिन” २ ग्राम प्रति के. जी. बीउको दरले मिसाएर बीउको उपचार गर्ने।

३. ठाउँको छनोट
• सिँचाइ सुविधा भएको, मलिलो माटो र पारिलो ठाउँ उपयुक्त हुन्छ।
• बार बन्देज भएको र सजिलै रेखदेख गर्न सकिने ठाउँ।
• धान रोप्नु भन्दा ३ हप्ता पहिले ब्याडको तयारी गर्ने।
• एक रोपनी जमिनमा खेती गर्दा २५ वर्गमिटर र १ कट्ठाको लागि १५ वर्गमिटर क्षेत्रफलको नर्सरी आवश्यक पर्छ।

४. धानको ब्याडहरु
क. हिले ब्याड
• यो सिँचाइ प्रशस्त भएको ठाउँमा उपयुक्त हुन्छ।
• जमिनमा सिँचाइ गर्ने, जोत्ने, मल राख्ने, हिल्याउने र समतल ब्याड तयार गर्ने।
• उक्त ब्याडमा बिउ छर्ने।
• ब्याडमा २-३ से. मी. पानी राखिरहने।
• यो ब्याडमा झारपातको प्रकोप कम हुन्छ।
• बेर्ना को वृद्धि छिटो हुन्छ।
• मरुवा रोगको प्रकोप कम हुन्छ।
ख. धुले ब्याड
• पानी कम भएको ठाउँमा उपयुक्त हुन्छ।
• जमिन राम्रोसँग खनजोत गर्ने, मल राख्ने, झारपात हटाउने र समतल ब्याड तयार गर्ने।
• उक्त ब्याडमा बीउ छर्ने।

५. ब्याडको लागि मलखाद

मलखाद प्रति ब्याड
(१० वर्ग मिटर)
कम्पोष्ट मल १००-१५०के.जी.(३-५ डोको) ब्याड बनाउदा
युरिया २०० ग्राम ब्याडको अन्तिम तयारी गर्दा

६. बीउ छर्ने तरिका
• धुले ब्याडमा एकनासले बीउ छरी बीउलाई हल्का रुपमा माटोले ढाक्ने।
• हिले ब्याडको लागि बीउलाई २४ घण्टा पानीमा भिजाउने, माथि तैरिएको पोगल्टा/पपटा हटाउने, तल थेग्रिएको राम्रो बीउलाई ४८ घण्टा जुटको बोरामा राखी टुसाउने र छर्ने।
• धुले ब्याडमा चिस्यान प्रशस्त भए टुसाएको बीउ छर्न सकिन्छ अथवा नभिजेको बीउ सोझै पनि छर्न सकिन्छ।

विश्व मरुभूमि र खडेरी बिरूद्ध संघर्ष दिवस २०२१को शुभकामना

२०२१ मरुभूमि र खडेरी बिरूद संघर्ष दिवस १७ जुनमा आयोजना हुने भएको छ । मरूभुमीलाई भूमिलाई स्वस्थ भूमिमा परिवर्तन गर्ने कुरामा केन्द्रित हुनेछ । गिरावट गरिएको भूमि पुनर्स्थापनाले आर्थिक लचिलोपन ल्याउँदछ, रोजगारी सिर्जना गर्दछ, आय बढाउँदछ र खाद्य सुरक्षा बढाउँछ । यसले जैवविविधता पुन: प्राप्ति गर्न मद्दत गर्दछ । यसले पृथ्वीको तापक्रमलाई कम गर्दै वायुमण्डलीय कार्बनबाट टाढा ताजा बनाउँछ, जलवायु परिवर्तनलाई सुस्त बनाउँछ। यसले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र COVID-19 महामारीबाट हरियो रिकभरीलाई प्रभावित गर्न सक्छ।

विश्व मरुभूमि र खडेरी बिरूद्ध संघर्ष दिवस २०२१को शुभकामना – Dev Dhawal

आज विश्व भरि  “restoration, land and recovery. We build back better with healthy land”. (पुनर्स्थापन, जग्गा र पुन: प्राप्ति। हामी स्वस्थ भूमिको साथ फेरि राम्रो निर्माण गर्दछौं”।) भन्ने मुख्य नारा साथ विश्व मरुभूमि र खडेरी संघर्ष दिवस २०२१ मनाउदै छौँ ।

कृषकलाई सम्मान के को लागि – जनप्रतिनिधि

“हाम्रो समुदायमा निर्वाचित एक जनप्रतिनिधिले कृषकलाई सम्मान के चाहिन्छ । अनुदानमा पैसा , बिउ , औजार , मल आदि सरकारले दिएकै छ ।” भन्ने तर्क गरे पछि कृषक अगुवा देव धवलको ठाडो जबाफमा “तिमीहरू आफ्नो जीवनयापनको लागि केही गर्न नसक्ने माग्न्तेलाई माननियको उपाधी सहित सम्मान किन चाहिन्छ । भनेपछि नेताको त होस् उढ्यो ।

केही राज्यनेताहरू…

छौँ राष्ट्रिय कृषक दिवस-२०७५ जेष्ठ २७ गतेको कार्यक्रममा प्रमुख अतिथिको / अतिथिको लागि आमन्त्रण दिन संघिय मन्त्री निवास केही कृषक संग कृषक अगुवा देव धवल बैशाखको दोस्रो साप्ताहमा एक दिन काठमाडौं पुगेको थिए । मन्त्री पदमा बहाल रहेको मा. लालबाबु पण्डितले किसानलाई सरकारले सेवा सुबिधा दिएको छ अरू के चाहिन्छ र ? यो हकहित/सम्मान सबै नाटक मात्रै भएको भन्दै अनौठो शैलीमा प्रतिक्रिया दिदै यो कृषि मन्त्रालय संग सम्बन्धित हो । जवाफमा कृषक अगुवा देव धवलले सम्झाउदै भने कृषि कार्य कृषि मन्त्रालय संग सम्बन्धित हो तर किसान हामी सबैको पालना दाता ( खाद्य उत्पादन कर्ता ) हुन त्यसैले हामी सबै संग सम्बन्धि छन् र कृषक समुदाय नेपाल धेरै भए त पनि नेपाल खाद्य निर्यातमा धेरै अगाडि छ तसर्थ यो कम गर्नलाई कृषक हकहित तथा सम्मान बारे हामी सबै सहयोग गर्नुपर्ने हुन्छ भन्ने कुरा सम्झाउनलाई मा.लाई “तिमी माग्नतेलाई के थाहा कृषक सम्मानले कति ठुलो भुमिका खेलेको हुन्छ” भनेर मन्त्रीलाई रिस उठाउने बनाउदै सम्मान बारे ज्ञान दिदै कृषक अगुवा देव धवलले भन्नू भयो “हामीले तिरेको कर र दिएको भोटले पालिने तपाईं मा.हरूलाई तिमी भन्दा रिस उठाउने रे किनकि सम्मान पाउनुभएन् तर के हामी किसान कर तिर्ने, उत्पादन गरेर पालने काममा यो पृथ्वीकै पहिलो उत्पादकको रूपमा रहेको किसानलाई सम्मानको अवश्यकता नै छैन भन्ने तर्क दिनु सरासर गलत हो ।

यस्तो भन्ने पण्डित पहिलो व्यक्त वा जनप्रतिनिधि होइन तर मन्त्री पदमा बसेर किसनकै मुखमा भन्ने पहिलो मन्त्री अवश्य हुन् । यस्तै रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित पुर्व कृषि मन्त्री मा.छबिलाल , गौरीशंकर , बलदेव, घनश्याम, पदमा अर्याल लगायत केही प्रदेश कृषि मन्त्री तथा जनप्रतिनिधि र कर्मचारी पनि चोखो रहेन्न ।

केही जनप्रतिनिधिले त किसानलाई मजदुर भनेर समेत सम्बोधन समेत गरेको छन् । कसलाई मजदुर भन्ने यसको परिभाषा र अर्थै नबुझी होचुवाको तालमा कृषक मजदुर वा नोकर भन्नू सरासर अमानवीय व्यवहार मात्रै हो । एउटा औषधी बनाउनलाई समेत कृषक समुयले गरेको कच्चापदार्थ ( जडिबुटी )को उत्पादन अवश्य पर्छ भने यहाँ ठुलो को किसान कि डाक्टर या राजनेताहरू बिचार गर्ने तर्क छ । आजको मन्त्रीहरू यो सोचाइमा छैनन् भन्ने प्रमाण जेठ २७ गते परेको नौं राष्ट्रिय कृषक दिवस -२०७८ सम्बोधनले देखाउने नै छ ।

काँक्रो खेती प्रविधि र उत्पादन विधि – देव धवल

परिचय
काँक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको बैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो ।यसको खेती पहाड देखी तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन ।

हावापानी

काक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि र फल लाग्न सरदर २५ देखि ३० डिग्री .से तापक्रम आवश्यक हुन्छ । वीउ उम्रन, फल छिटो परिपक्क हुन र राम्रो उत्पादनको लागी माटोको तापक्रम महत्वपुर्ण हुन्छ । माटोको तापक्रम १० डिग्री से. भन्दा कम र २५ डिगी से. भन्दा माथि हुनुहुदैन ।

माटो
काक्रो खेतीको लागि बलौटे दोमट देखि पाँगो माटो उपयुक्त हुन्छ । ५.५ देखि ६.५ पी एच भएको माटो उत्तम मानिन्छ । काक्रो वाली ५.५ पी एच भन्दा कम अर्थात अम्लिय माटोमा सम्बेदनशिल हुन्छ र विरुवाको उत्पादनमा असर पर्दछ । चिम्टाइलो माटोमा लहरा धेरै जाने र फल ढिलो परिपक्क हुन सक्दछ ।

लगाउने समय
काक्रो गर्मी र वर्षा दुबै मौसममा रोपिने भएकाले
• गर्मीमा माघ वा फाल्गुनमा र वर्षामा आसाढ र श्रावनतिर रोप्ने ।
• पहाडमा चैत्रमा रोप्ने ।

बिउ दर
बिउ दर २.५ देखि ४ किलो ग्राम प्रती हेक्टर ।
बिउ उपचार तथा नर्सरी व्यवस्थापन
बीउ उपचार क्यापटन २÷३ ग्राम प्रती किलो बिउको दरले गर्ने ।

लगाउने दुरी
लाइन देखि लाइन दुरी १.५ वा २.५ मिटर र बोटदेखि बोट दुरी ६० वा ९० सेमीको हुनुपर्छ । २ देखि ३ बीउ एउटा खाल्डोमा रोप्ने ।

सिचाई र गोडमेल
• बेर्ना रोपेपछि गर्मीमा आवश्यकतानुसार पानी दिने ।
• माटोको चिस्यान र मौसम बीच तालमेल मिलाइ सिचाइ र गोडमेल गर्ने ।

बाली लिने समय
• २ देखी ४ दिनको फरकमा फल टिप्ने ।
• उत्पादन १५ देखि ६० क्वीन्टल प्रती हेकटर हुन्छ ।

(नोट: १ हेक्टर =२० रोपनी)

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो । यो कुकुरविटासी परिवारमा पर्दछ । काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन । यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ ।
काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ । मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ । यो धेरै जातका हुन्छन् । तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०-६५ दिन भित्र फल्दछ । काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ ।
काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन् । पातको फेदबाट त्यान्द्राहरू निस्कन्छन् । यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन् । यसलाई राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ । साथै काँक्रोको पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ ।
काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ । यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ । यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ ।
प्रति रोपनी जमीनबाट काँक्रोको उत्पादन कति सम्म लिन सकिएला ?
जात, मौसम तथा खेती व्यवस्थापनका आधारमा प्रति रोपनी १०००–२५०० के.जी. कलिला काँक्रा फल उत्पादन गर्न सकिन्छ ।
काँक्रोको खेतवारीमा गोडमेल गर्न जादा हाम्रो अनुहार, आँखा, कान, जीउमा साना कीरा फट्फट गरिरहेका हुन्छन् ती कीराको नाम के हो ? यिनीहरुको व्यवस्थापन विधी के अपनाउन सकिन्छ?
उफ्रने खपटेको सँख्या काँक्रो वालीमा बढी भयो यस्तो अनुभव हुन्छ । यी खपटेहरुका रोकथाम गर्न वायोजाम १ ग्राम प्रति लिटर वा एन पि भि १ मि.लि प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।
हामीले उत्पादन गरेका काँक्रोका फलहरु कहिले काँही तिता–तिता हुन्छन् कारण के होला  ?
काँक्रो फलमा कुकुरविटासिन (Cucurbitacin) नामक तत्वका कारण तितोपन आउँदछ ।
कहिले काही जाडो याममा प्लाष्टिक घरभित्र पनि राम्रो उत्पादन लिन सकिन्न, यसको राम्रो उत्पादनको लागि के के उपायहरु अवलम्बन गर्न सकिन्छ ?
जाडो याममा प्लाष्टिक घर भित्र पनि राम्रो उत्पादन लिन सकिन्न किनकी काँक्रो खेतीलाई चाहिने तापक्रम पुग्दैन अतः तापक्रम वृद्धि गर्नुका साथसाथै जाडो सहन सक्ने जातहरु तथा अन्य उपाएहरु अवलम्वन गर्न सकिन्छ ।
प्लाष्टिक घरका काँक्रो उत्पादन गर्दा बिचार नपुर्याखई नहुने कुरा के के हुन ?
प्लाष्टिक घरमा काँक्रो खेती गर्दा विहान अवेरसम्म हुस्सु लाग्ने, प्रकाश अवधि निकै छोटो हुने र सूर्यको प्रकाश कम हुने स्थान छनौट गर्नु हुदैन । उचित रुपमा सूर्यको प्रकाश छिर्न सक्ने ४५ देखि ९० जि एस एम सम्मको प्लाष्टिकको प्रयोग गर्न सकिन्छ । प्लाष्टिक घरको निर्माण गर्दा भेन्टिलेशन तथा छानोको स्लोप उपयुक्त तरिकाले मिलाउनु पर्दछ ।
फल भण्डारण गर्नुपर्दा कति तापक्रम र आर्द्रतामा राख्दा लामो अवधि टिकाउन सकिन्छ ?
काँक्रो फल भण्डारण गर्दा १०–१२ डिग्रि सेन्टिग्रेड तापक्रम र ९५ प्रतिशत सापेक्षिक आर्द्रता उपयुक्त हुन्छ । कलिला काँक्रालाई २ हप्तासम्म राख्न सकिन्छ ।
फल ढुवानी गर्दा कसरी फललाई बचाउन सकिन्छ ?
ग्रेडिङ्ग / छनौट गरिएका फलहरुलाई प्लाष्टिक क्रेट, टोकरी, डोको वोरामा टम्म मिलाएर ढुवानी गर्नु पर्दछ। यसरी टाढा ढुवानी गर्दा प्लाष्टिक क्रेटमा राख्दा बढी सुरक्षित हुन्छ ।
राम्रो भाउ पाउन छनौट/ग्रेडिङ्ग गर्दा कुन कुन कुराहरुमा ध्यान पुर्याउनु पर्दछ ?
फल टिप्ने वेलामा नै घाउ, चोटपटक र दाग लागेका वाङ्गाटिङ्गा वा पंहेलिएका फलहरु छुट्टै राख्नुपर्दछ।जात अनुसारको रँग, आकार र आकर्षक देखिने फलहरु अलग अलग ग्रेडिङ्ग गर्नुपर्दछ।
फल कुन कुन समयमा टिप्नु पर्दछ ?
काँक्रो फल टिप्न विहान शीत ओभाए पछि वा बेलुका तापक्रम घटेपछि उपयुक्त हुन्छ । ४–५ दिनको फरकमा फल टिप्दै जानु पर्दछ ।
काँक्रो वालीमा काँटछाट र तालिम भन्नाले के बुझिन्छ ? यसबाट के फाइदा हुन्छ ?
जाडो याममा एक डाँठ खेती गर्दा सबै शाखा हाँगाहरु शुरुमै हटाउदै जानु पर्दछ । नफलेका बुढा हाँगा, बुढा र रोगी पातहरु आर्कषक नभएका कलिला वा ठूला फलहरु हटाई रहनु पर्दछ । वोटलाई दिएको छाप्रो वा थाँक्रामा पनि मुन्टा लगाई राख्नु पर्दछ जसले गर्दा लहरा फैलन र फल लाग्न सहयोग पुग्दछ ।
काँक्रो वालीमा थाँक्रा अथवा छाप्रो बनाउन किन आवश्यक हुन्छ र कसरी बनाईन्छ ?
काँक्रो लहरे वाली भएको कारणले यसको वृद्धि विकास साथै फलेको काँक्रो फल माटोमा परी नसडोस/नबिग्रियोस भन्ने उद्धेश्यका साथ थाँक्रा अथवा छाप्रा दिईन्छ । वोटहरु थोरै संख्यामा भए रुखको हाँगा वा वाँसको लिँगो वोटको नजिकै गाडेर थाँक्रा दिईन्छ । ब्यावसायिक स्तरमा खेती गर्दा १.५ मीटर देखि २ मीटर अग्लो खम्वा गाडी वासको भाटा वा डोरी बाँधेर टाँड बनाईन्छ ।
कुनै कुनै बेला काँक्रो लगाएको खेतवारीमा ज्यादै नराम्रो गन्धको महसुस हुने कारण के हो ? यसको ब्यवस्थापन कसरी गरिन्छ ?
पतेरो भन्ने कीराको कारणले कहिले काही काँक्रो लगाएको ठाँउमा नराम्रो गन्ध फैलिरहको हुन्छ ।
फेरोमन ट्रयापमा भाले झिगांहरु पर्दछन ? यसको कारण के हो ?
फेरोमन ट्रयापमा क्यू लुर नामक पदार्थ राखिएको हुन्छ जसको गन्ध वा वासना पोथिको जस्तो आंउदछ र भालेहरु आकर्षित भै त्यस ट्रयापमा पर्दछन् र त्यसमा राखेको मालाथायन वा नुभान जस्ता विषादीको असरले तिनीहरु मर्दछन् ।
क्यूलिएर नामक फेरोमन ट्रयापले कुन कुन कीराहरुलाई व्यवस्थापन गर्न सकिन्छ ? यसको लागि कुन कुन रसायनहरु प्रयोग गर्नुपर्दछ ?
क्यूलिएर नामक फेरोमन ट्रयापमा फल कुहाउने झिंगाको भाले कीरालाई ट्रयापमा पारी नष्ट गरिन्छ । यसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखि बनाएको फेरोमन पासो ५–६ फिट उचाईमा झुण्डाएर राखिन्छ ।
कुन कीराको आक्रमणले गर्दा काक्राको फलको आकार प्रकार बिगारी दिने र कुहाउने गर्दछ ?
फल कुहाउने औंसा/झिंगाको आक्रमणले गर्दा फलको आकार कुरुप हुने तथा फल कुहिने हुन्छ।यसको आक्रमणबाट ५० प्रतिशत भन्दा बढी फलहरु नष्ट हुन्छन् ।
लाही कीराको प्रकोपले काँक्रो वालीमा कुन हदसम्म नोक्सानी गर्दछ ?
लाही कीराले काँक्रो वालीमा रस चुसेर नोक्सानी पुर्यामउनुको साथै भाईरस रोग समेत सारी दिन्छ।यसको ब्यवस्थापनमा घरेलु उपचार विधि अन्तर्गत १ भाग गाई भैंसीको गंहुतमा १० भाग पानी मिसाई छर्ने, मारगोसम ३ मि.लि. प्रति लिटर पानीमा र बढी नै आक्रमण भएमा डाईमेथोएट वा मालाथायन १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
पाटे खपटेले काँक्रो वालीमा कसरी वालीमा नोक्सानी पुर्याउँद छ र यसको व्यवस्थापन कसरी गरिन्छ ?
यस कीराको क्षति अरु खपटे कीराको भन्दा भिन्नै खालको हुन्छ । यसले बोटमा भएका फूलहरु खान्छ र फल लाग्न दिदैन । वयस्क खपटे हानीकारक हुन्छ । यसको व्यवस्थापन एन पि भि १ मि.लि. प्रति लिटर पानीमा मिसाई गरिन्छ वा वायोलेप १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
रातो खपटे कीराले वालीको कुन–कुन अवस्थामा आक्रमण गर्दछ ? यसलाई व्यवस्थापन गर्ने सबैभन्दा राम्रो उपाय के हो ?
यस कीराले विरुवाको कलिलो अवस्थामा बढी क्षति पूर्यारउँदछ । वयस्क खपटे चम्किलो रातो हुन्छ र लाभ्र्रा फिका पहेंलो हुन्छ । यसको ब्यवस्थापनमा रोग अवरोधक जात लगाउने, वायोलेप १ ग्राम प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्ने वा एन पि भी १ मि.लि प्रति लिटर पानीमा मिसाएर १०–१५ दिनको फरकमा छर्नु पर्दछ ।
काँक्रोमा कागे रोगको लक्षण कस्तो हुन्छ ? यसको व्यवस्थापन कसरी गरिन्छ ?
यस रोगका जीवाणुहरु आर्र्र हावापानी, २२–३० डिग्रि सेन्टीग्रेड तापक्रममा बढी सकृय हुन्छन् । यसका नसाबाट शुरु भएका थोप्लाहरु बढदै गई त्रिकोण आकारका हुन्छन् र पछि खैरो रँगमा परिणत हुन्छ।यसको रोकथाम हेतु रोगी विरुवा उखेलेर जलाउने तथा इन्डोफिल एम-४५(२-३ ग्राम) प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।
काँक्रोको पात गुजमुज हुने रोग कुन कीराको माध्यमबाट फैलिन्छ ? यसको रोकथाम गर्ने सबैभन्दा सजिलो उपाय के होला ?
यो रोग चुसाहा कीराको माध्यमबाट फैलिन्छ।यो भाईरसको कारण पातहरु गुजमुजे हुन्छन् । यसको ब्यवस्थापन गर्न रोगी विरुवाहरु उखेलेर हटाउने, चुसाहा कीरा मार्नलाई रोगर १ मि.लि. प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।
काँक्रोको पातको तल्लो सतहमा पानीले भिजे जस्तो रोग के कारणले गर्दा लाग्दछ ? यसको रोकथाम कसरी गर्न सकिन्छ ?
उच्च तापक्रम र चम्किलो सूर्यको प्रकाश भएको बेलामा यस्तो पातको थोप्ले रोग लाग्दछ । रोगी थोप्लाहरु एक अर्कामा मिल्दै गई पात ओईलाएर सुक्ने र अन्त्यमा विरुवा नै सुक्तछ । यसको ब्यवस्थापन ईन्डोफिल एम–४५ वा ब्लाईटक्स–५० (२–३ ग्राम) प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।
डाउनी मिल्डयूले विरुवामा कस्तो असर गर्दछ तथा व्यवस्थापन विधि कस्तो हुनुपर्दछ ?
पातको माथिल्लो सतहमा हल्का खैरो रँगका दागहरु र तल्लो सतहमा कपास जस्तो ढुसी उम्रेको देखिन्छ । बढी आक्रमण भएमा पातहरु सुक्ने र बोट समेत सुक्दछन् । यसको रोकथाम गर्न स्वस्थ वीउ रोप्ने, रोगी बोट समयमानै उखेली नष्ट गर्ने, रोडोमिल २–३ ग्राम प्रति लिटर पानीमा मिसाई ८–१० दिनको अन्तरमा छर्नु पर्दछ ।
धुलो ढुसी रोग कसरी पहिचान गर्ने र यसको रोकथाम कसरी गर्न सकिन्छ ?
पातको माथिल्लो सतहमा सेतो खैरो ढुसीको विकास भई रोगी विरुवाका पातहरु पँहेलिन्छन् र सुक्न थाल्दछन् । आक्रमण बढी भएमा पात डाँठ साथै लहरामा पाउडर छरे जस्तो देखिन्छ । यसको रोकथाम गर्न घरेलु उपचार विधि जस्तै गाईको गहूँत १ भाग र १० भाग पानी मिसाई ४–५ दिनको फरकमा छर्ने, बढी नै आक्रमण भएको खण्डमा क्याराथेन ०.२ प्रतिशत अथवा बेभिष्टीन ०.१ प्रतिशत ७–१० दिनको फरकमा ३–४ पटक छर्नु पर्दछ ।
मौसम अनुसार सिचाई तथा निकासको व्यवस्था कस्तो हुन जरुरी छ ?
सुख्खा याममा सिचाई र वर्षायाममा बढी भएको पानीको निकास दुई ड्याङ्गको वीचमा बनाएको कुलेसोबाट गरिन्छ । गर्मी मौसममा ३–५ दिनको अन्तर र जाडो मौसममा १०–१५ दिनको अन्तरमा सिचाई गर्नु पर्दछ ।
काँक्रो वालीमा गोडमेल कसरी गरिन्छ ?
काँक्रोको जरा गहिरो नजाने भएकोले १–२ पटक हल्का गोडमेल गरी झारपात हटाई दिनु पर्दछ । लहरा झ्याङ्गिएर आएपछि त्यसको सेपले गर्दा पनि अन्य वालीमा भन्दा कम झारपात आँउदछ ।
व्यवसायिक काँक्रो खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?
एक रोपनी क्षेत्रफलको लागि १०००–१५०० के.जी. गोबरमल, ७ के.जी. नाईट्रोजन ५ के.जी. फस्फोरस ७ के.जी. पोटास २ के.जी. वायोजाम तथा १ के.जी. सुक्ष्म तत्वको आवश्यकता पर्दछ ।
काँक्रोको बीउ सोझै खेतमा रोप्न सकिन्छ तर आजकल किन प्लाष्टिक ब्यागमा पनि उमारिन्छ ?
काँक्रो वीउ सोझै रोप्ने परम्परा देखि चलिआएको खेती प्रविधि हो तर आजकल प्लाष्टिक ब्यागमा विरुवा उमारेर मुख्य खेत वारीमा सार्ने चलन छ किन की यसबाट थोरै जमीनमा नर्सरीको रुपमा विरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा एक डेढ महिना अगाडी नै फसल टिप्न सकिन्छ ।
काँक्रो रोप्ने जमीन कसरी तयार गरिन्छ ?
जमिनलाई २–३ पटक राम्रोसँग जोतेर माटो बुर्बुराउदो बनाउनु पर्छ । सुख्खा र गर्मी याममा १.५ मिटर चौडा र वर्षामा २ मिटर चौडा डयाङ्ग बनाउनु पर्दछ । दुई डयाङ्गको विचमा ३० सेन्टिमिटर चौडा र १५ सेन्टिमिटर गहिरो कुलेसो बनाउनु पर्दछ ।
नेपालमा हाईब्रीड जात प्रवेश भएपछि बेमौसमी काँक्रो खेती शुरु गरिएको छ, यी जातहरुमा के विशेषता पाइन्छ ?
वास्तवमा खुल्ला जमीनमा मौसम अनुकूल नभएको स्थानमा खेती गर्नु जोखिमपूर्ण हुन्छ । हाल केही हाईब्रिड जातहरु नेपालमा भित्रिएका छन् जसले गर्दा प्लाष्टिक घर भित्र तातो सहन गर्ने रोग कीराको प्रतिरोधात्मक क्षमता भएका जातहरु छन् जसले गर्दा बेमौसमी खेती गर्न सकिएको छ ।
राष्ट्रिय बीउ बिजन समितिले भौगोलिक क्षेत्र अनुसार सिफारिस गरेका जातहरु अलग–अलग उल्लेख गरिदिनु हुन्थ्यो कि ?
भौगोलिक क्षेत्र अनुसार तराईको लागि शालिनी १, शाहिनी २, मालिका ९९९ हुन् भने , मध्य पहाडका लागि चाँदनी, सिमरन, सीता ८८८, रमिता, पार्वती ४७८ छन् ।
भक्तपुर स्थानिय जातको विशेषता के हो ?
यो जात जाडो सहन सक्ने, अगौटे तथा पछौटे दुवै मौसममा लगाउन सकिने, हल्का सेतो र हरियो रँग मिसिएको आकर्षक र ठूलो फल लाग्ने जात हो ।
कर्भी भन्ने जातको विशेषता के हो ?
कर्भी भन्ने जातको फल अन्य जातका फल भन्दा सानो हुन्छ ।
बढी गर्मी र बढी जाडो सहन सक्ने खालका जातहरु कुन–कुन हुन ?
बढी गर्मी सहने जातहरु जापानिज लङ्ग, एफ–१ हुन् भने बढी जाडो सहने जातहरु भक्तपुरे स्थानीय, कुशले हुन् ।
नेपालमा पाइने स्थानिय जातहरुमा कुन जात सबैभन्दा प्रचलित छ र किन ?
नेपालमा पाईने भक्तपुरे स्थानीय जात सबैभन्दा प्रचलित जात हो । यो जात जाडो सहने अगौटे तथा पछौटे मौसममा खेती गर्न सकिने, हल्का सेतो र हरियो रँग मिसिएको आकर्षक फल उत्पादन हुने जात हो ।
यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
यसको लागि बलौटे दोमट तथा बलौटे पाँगो माटो राम्रो हुन्छ । माटोको पि.एच. मान ५.५ देखि ६.५ राम्रो मानिन्छ । यसको लागि पानी बढी भए निकासी गर्न सकिने र चिस्यान कम भए सिचाई गर्न सकिने पारिलो जमिन उपयुक्त हुन्छ ।
यो वाली कस्तो किसिमको हावापानीमा राम्रो फस्टाउँछ ?
यो न्यानो तथा गर्मि मौसमको वाली हो । दिनको तापक्रम २० देखि ३० डि.से. र रातको तापक्रम १५ डि.से. सम्म हुँदा बोटको वृद्धि एवम फल उत्पादन राम्रो हुन्छ । यसले तुषारो सहन सक्तैन ।
काँक्रोमा कुन कुन खनिज तत्वहरु बढी मात्रामा प्राप्त हुन्छन् ?
यसमा खनिज लवणहरु, भिटामिन वी, र सी तथा अरु शक्तिवद्र्धक तत्वहरु पाईृन्छन् । काँक्रोमा धेरै औषधीय गुणहरु हुन्छन् । काँक्रो खानाले ग्याष्ट्रिक, अम्लिएता, कब्जिएत र मोटोपनलाई घटांउदछ् ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

https://photos.app.goo.gl/iWiBS8W66U7h1mVf6

उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल”कृषक समुदायमा बिकासको लागि कृ.अगुवा देव धवलको अष्ट नीति


नामको मात्रै आधुनिकतामा विलिन भइ कृषि आधुनिकीकरण, कृषि व्यवसायीकरण र कृषि यान्त्रिकिकरणको कुरा गरीरहँदा किसान समुदायमा विद्यमान सामान्य समस्याहरु जस्तै कृषकले गरेको उपजले बजार नपाएर बारीमै कुहिएको, उत्पादित दुध फल्नुपर्ने , कृषक उत्पादनले बजार मूल्यको न्यूनतम भाग पनि नपाएको, खेती गर्ने बेला अति अवश्यक कृषक उत्पादन सहयोगी वस्तु जस्तैः  मल, बीउ इन्धनको  अदिको अभाव भएको कुरालाई हामीले नकार्न पनि मिल्दैन।
थौरै समयका लागि मात्रै चर्चाको विषय बन्ने यी परिस्थितिले कृषक समुदायको हकिकतमा हाम्रो अधिकार हननले जाडो गाडेर बसेका छन । नेपालमा कृषक उत्पादन मुखि पेशालाई पुर्खौ देखि निर्वाहमुखी पेशाको रुपमा अंगाल्दै आएका गाउँघरका किसान माझ विद्यमान जटिलताहरुलाई राज्यका संयन्त्रहरुले सम्बोधन गरी न्याय दिनुको सट्टा अघोषित रूपमा कृषक समुदायबाट आर्थिक आमदानी गर्ने मुल आधार मात्रै बनाउने गरिएको हामी सबैलाई अवगत छैन् । सरकारको निकायले  कृषक समुदायलाई लुकामारीको खेल खेल्न बाध्य बनाउने काममा कहिले पछि नपरेको हामी सबैलाई अवगतै छ ।
कृषकलाई खाद्य बस्तु उत्पादन गर्नका लागि चाहिने अति आवश्यक सहयोगी वस्तु जस्तै : दाना, मल, बीउ, औजार बजार चाहिने बेला सरकार लुकिदिन्छ, अबोध कृषक खोजिरहन्छ । सरकारले योजना, कार्यक्रम र नीति निर्माण गर्दा वास्तविक कृषि र कृषक नभेटि, सरकार कृषक छोडी बिचौलिया र दलालको वरपर घुमिरहन्छ । मन्त्रालय र कृषकका बीच प्रत्यक्ष सम्बन्ध स्थापित हुन नसकेका कारण नै दलाल, बीचौलिया र किसानको खोल ओढी राजनीति / आफ्नोवाद गर्नेहरु नै मन्त्रालयका सारथी बन्न पुगेका छन् ।कृषक सहयोगी नीति निर्माण तहमा पनि यिनकै बाहुल्यता र वर्चस्व छ । जसलाई हलो छुनु पाप लाग्छ भन्ने भावनालाई उजागर गरेको छ उसै मार्फत कार्यक्रम नि जानु किसानको लागि दुर्भाग्यपूर्ण हो । अधिकांश दुर्गम र पहुँच बिहीन कृषकहरूले त कृषिमा आएका अनुदान, सेवा, प्रविधिको सूचना र तालिमहरु बारे पत्तो नपाउदै, पए पनि समय बितिसकेको हुन् कि पहुच नभएकोले सहभागी हुना पाउदैनन् । मन्त्री, कर्मचारी , सुचनापत्र परिवर्तन भईसकेका हुन्छन् तर कृषक समुदायसँग यसको सुचना नै पुगेको हुदैन । “राष्ट्रिय किसान आयोग के हो ?यस आयोगको काम कर्तव्य के के हुन ?हामी कृषकले यहाँबाट के सुबिधा पाईन्छ ?कृषक समुदायमा राष्ट्रिय कृषक आयोगको भुमिका कस्तो हुनुपर्छ भन्ने यो आयोग बारे कृषक समुदाय / कृषक प्रेमी / कृषक सहयोगी लगायतका बिभिन्न पक्षले चासो नराखेको होइनन् ?”तर , राजनीति हिसाबले बनाईएको यो आयोगको काम पार्टी कार्याकर्ता पालेने र आगामी चुनावी समयमा के गर्ने बाहेक बहस नै नभएको बृज्ञहरूको भनाइमा हामी नकार्न सक्दैनौं ।
कृषक समुदायको छोराछोरी बिदेशीएर आएको रेमिट्यान्स र कृषि बाट २७ देखि ३५% राज्यकोषमा नाफा भएर चालेको हाम्रो मुलुक एउटा कृषक प्रधान मुलुक भए त पनि कृषि बिकासको नारा फुकि ६०% कृषक समुदायलाई भ्रम राखी हालसम्म कृषि मन्त्रालयमा आएका मन्त्री हेरि निराश बनेका आम जनता र कृषकहरु अहिलेको कृषि मन्त्रालयसँग केही आशावादी नभएका होइनन् । तर मन्त्रालयमको विद्यमान संरचना, कार्यपद्धती, परम्परा र मान्यताहरुमा सु-संस्कारमा आफ्नोवादलाई पाल्ने निति तथा कार्यले गर्दा देशमा झन्झन् उत्पादनमूलक काम र कृषक घट्दो आवस्थामा रहेको हामी सबै अवगतै छ । आगामी दिनमा मन्त्रालयले आफ्ना कार्ययोजना कसरी अघि बढाउछ, त्यो त हेर्नै बाकी छ ।तर नेपाल बिकासको दृष्टिकोणबाट कृषक समुदायलाई विश्लेषण गर्ने हो भने यसका मुख्य आठ तत्वले अष्टक्षेत्रको निर्माण गरि सिङ्गो देशलाई विश्व समक्ष “उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल” भनेर केही समयमै चिनाउन नसकिने होइन । तर विश्वको लागि नमुना बन्नु कुनै बच्चाबच्चीको खेल त होइन तर यहीँ देशको युवाले चाहे राज्ये योजना दिए नेपालमा पर्यटक भित्र्याउन “भ्रमण बर्ष घोषण” गरि हामी स्वभिमानी नेपाली जनताको चेलीबेटीलाई अघोषित रूपमा बिदेशीलाई स्युपिनु भन्दा ज्ञान सिप सहितको उपयुक्त संस्कार स्युपेर अनगिन्ती आमदानी भित्र्याउन नसकिने पक्कै होइन । किनभने इजरायलमा हाम्रो नेपाल जस्तो हावापानी बिबिधता नभए त पनि विश्वलाई कृषि उत्पादनमूलक सिप सिकाउने मुख्य केन्द्र बानी पर्यटनलाई पनि आकर्षित गरेको छ । नेपालबाट नि बर्षेनि हजारौंको संख्यामा कृषि सिक्न इजरायल जाने गरेको हामी सबै थाह नभए त पनि यो कुरा शतप्रतिशत सत्य हो र यसमा सरकारले नि लगानी गर्ने गरेको छ । यदि नेपाललाई विश्व समक्ष चिनाउने लुम्बिनी र सगरमाथा छ भने हामी किन भुल्ने गर्छौ कि विश्वमा पाइने हावापानी नेपालमा एउटा मुलुकमै पाउने गरिन्छ । यस बिबिधताको फाइदा उठाउदै विश्व भरि गरिने खेतीपाती तथा अन्य प्राथमिक उत्पादन नेपालको एकै समयमा गर्ना सकिन्छ । यस्तो कार्ययोजना तयार गरे ६०/७० लाख नेपाली बिदेशीनुको ठाउँ हामी नेपालीले बिदेशीलाई रोजगारी दिनुको साथै सिप शिक्षा र विश्व भोकमरी मुक्त समाज दिन सक्छौ । नेपाललाई विश्वका कृषकहरूको लागि पाठशाला बनाउन सक्छौं ।
यस्तो कार्यक्रम गरि नेपालीको स्वामित्व जोगाउने तथा नेपाललाई विश्वको नमुना बनाउने कामको लागि यो अष्ट नीति कार्यको खाँचो रहेको देख्न सकिन्छ ।क,ख,ग,घ,ङ,च,छ,ज…….
( नोट : थप योजना पत्रकार सम्मेलन कृषि मन्त्रीहरूको उपस्थित भए सर्बजनिक गरिनेछ किनभने नेपालमा रहेको अवसारबादीहरूले हामीले बनाएको धेरै योजना तोडमातोड गरि आफ्नोवादलाई पाल्ने योजनामा परिवर्तन गरिएको छ । )


योजनाकार : देव धवल,अध्यक्ष राष्ट्रिय कृषक महासंघ नेपाल

नेपालको जैविक विविधतालाई आत्मसात गरि कृषक समुदायको बिकास मार्फत देशको बिकास गरौ° – देव धवल

विश्वमा भोकमरी व्यापक छ। खानाकै अभाव मानिस मरिरहेका छन्। सन्तुलित भोजनको अभावमा धेरै बालबच्चा कुपोषणबाट ग्रसित छन्। यो हामी सबैलाई थाहा हुँदाहुँदै पनि किन हामी खानालाई सजिलै फाल्दछौं ? आफ्नो लागि आफैंले प्लेटमा खाना लिँदा आधा मिल्काउन कसले सिकायो हामीलाई ? थोरै लिएर पछि के–के खान मन लाग्छ थपेर खाँदा के फरक पर्ला र ? दुःख गरेर कसैले हाम्रो लागि बनाएर खाना दिएको खाना थालमा छाडेर ठूलो–ठालु हुने सभ्यता नेपालीमा कहाँबाट भित्रियो ? आफूले कति खाइन्छ भन्ने पनि नजान्ने हामी कति बुद्धु हौं ?
कुनै विवाह, व्रतबन्ध वा अन्य यस्तै पर्वको भोजभतेरमा हामीहरूले दिल ठूलो बनाएर खर्च गर्छौं। आफ्नो आर्थिक हैसियतलाई नाघेर ऋण खोजेर ठूलो भोजको आयोजना गर्छौं। भव्य पार्टी दिएपछि आफ्नो र आफ्नाहरूको इज्जत बढ्ने, प्रतिष्ठा बढ्छ भन्ने मानसिकता छ हामीभित्र। त्यही भोजभतेरमा खाना खान आउनेहरूले आधाभन्दा बढी खाना फालेर आफूलाई खान्दानी देखाउन रुचाउँछन्।
त्यही फालिएको खाना खान सडक बालबालिका र अन्य सडक मान्छेहरूको भिड लाग्छ। आफूले फालेको खाना आफ्नै अगाडि आएर कसैले खाँदा पनि लाज नमान्ने कस्ता निर्लज्ज हौं हामी ? एकदुईपटक परेपछि पनि सधैं अनावश्यक भाग लिएर खाना फालिरहने कस्ता असभ्य हौं हामी ?
जसले जीवन धान्छ, जसले प्राण दिन्छ त्यही चिज फालेर आफूलाई ठूलो मान्छे मान्ने, हुनेखाने मान्ने कस्तो निकृष्ट सोचबाट ग्रसित छौं ? आफ्ना खेतबारीमा फलेका धान, मकै, गहुँ, कोदो, जौ, फापर, भटमास आदि खाने कुराहरू खाँदैनौं। जुन खाने कुराहरू पौष्टिक पदार्थबाट निकै भरिपूर्ण हुन्छन्। मेरै पालामा गाउँमा हुँदा कोदोको रोटी खाएको बेला कुनै पाहुना आए भने छिटोछिटो त्यो रोटीलाई कसैले नदेख्ने ठाउँमा फालिन्थ्यो।
जसको खेत छैन उसैलाई चारकोस टाढाबाट बेसाएर ल्याएको चामलखान रहर लाग्थ्यो। आफ्नो खेतबारीमा जे फल्छ त्यही खान हामीले किन हुँदैन ? नेपाल जैविक विविधताले भरिएको देश हो। यहाँ हिमाल, पहाड र तराईमा सबै ठाउँमा केही न केही खेती हुन्छ। त्यही खेतीलाई सबैले व्यवस्थित तरिकाले गर्ने हो भने हामी छिट्टै खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छौं।
जहाँ जे खेती फल्छ सबैले त्यही खेती गरौं। बढीमात्रामा आफ्नै खेतबारीमा फलेको खानेकुरा खाने गरौं। हिमाली भेगमा हुनेहरूले धेरै जसो जौ, फापर, आलु, सेमी आदिमा बढी जोड दिऔं। यसो भनिरहँदा हिमालमा बस्नेले चामल खानै हुन्न भनेको होइन। बढी मात्रमा स्थानीय उत्पादनको प्रयोग गर्न सक्यौं भने स्वास्थ्यको हिसाबले अनि आर्थिक हिसाबले पनि सबैलाई फाइदा हुन्छ भन्न खोजेको हो। त्यस्तै पहाडमा बस्नेहरूले मकै, कोदो, भटमासलाई आफ्नो प्रमुख खाद्यान्नको स्रोत बनाऔं। तराईका बासिन्दाले चामल, गहुँ, आलु आदिलाई पहिलो प्राथमिकतामा राख्दा सबैलाई फाइदा नै फाइदा हुन्छ। त्यसैगरी पशुपालन र फलफूल खेती गर्दा भौगोलिक बनोटअनुसार जहाँ जे राम्रो हुन्छ त्यही गर्नु उपयुक्त हुन्छ। यसले व्यक्ति अनि देश दुवैको समृिद्ध हुन्छ।
चाडपर्व भित्रिएसँगै हाम्रा भान्सामा खाद्यान्नहरू बढी मात्रामा भित्रिन्छन्। रमाइलोसँग चाडपर्व मनाउने नाममा चाहिनेभन्दा बढी खाने चिज बनाउने गरिन्छ। आफ्नो शरीरलाई आवश्यक हुने भन्दा बढी खाँदा झन् बिरामी भएर स्वास्थ्यमा नै गडबडी हुन्छ एकातिर भने आवश्यकताभन्दा बढी पकाएर खाने चिज फाल्नाले आर्थिक रूपमा पनि नोक्सानी हुन्छ।
खाने चिज भनेको हाम्रो प्राण हो। यसको अभावमा कोही पनि बाँच्न सक्दैन। धेरै मानिसको परि श्रमबाट खाने चिज फलाइएको हुन्छ। यो सबै बुझेर पनि खाने वस्तुको सम्मान गर्न जानेका छैनौं। जापानीजहरूले खाना खानुभन्दा अगाडि प्रार्थना गरेर मात्र खाने गर्छन्। हामीलाई भने खाने चिज फाल्दा केही नराम्रो अनुभूति हुँदैन।
द्वितीय विश्वयुद्धमा निकै तहसनहस भएको जापानको अर्थतन्त्र अहिले निकै बलियो भएको छ। त्यहाँको कृषि, त्यहाँको स्थानीय उत्पादनको जगेर्ना र उपभोग, खाने चिजलाई भगवानलाई जस्तै आदर गर्ने जापनिजहरूको बानीले गर्दा नै जापानमा विकास भएको हो। त्यहाँ कसैले आफ्नै स्थानीय खाद्यान्न प्रयोग नगरेर अन्य ठाउँबाट ल्याउन चाहन्छ भने निकै बढी कर तिर्नुपर्छ। जसले गर्दा जहाँ जे फल्छ त्यो नखाएर अन्य आयातित खानेकुरा खाने बानी गर्दैनन्। जसले गर्दा एकातिर स्थानीय उत्पादनले स्थानीयकै आर्थिक विकास भएको हुन्छ भने अर्कोतिर राम्रो, पोषणयुक्त खानाखानाले मानिसहरू स्वास्थ्य र निरोगी हुन्छन्।
जापानिजहरूको औशत आयु बढी हुनुको कारण पनि यही हो। नेपालको संविधानमा नै मौलिक हकको रूपमा खाद्यसम्बन्धी हक छ। यसमा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ। प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ। प्रत्येक नागरिकलाई कानुनबमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भन्ने उल्लेख छ। विकट हिमाली जिल्लाहरूमा अहिले पनि खाद्यान्नको समस्या छ। खाद्यान्नको उत्पादन, उचित भण्डारण र उपभोगको राम्रो व्यवस्था मिलाउने काममा सरकार पनि राम्रो काम गर्न सकेको छैन। चाडबाड भित्रिएसँगै बजार झन् अनियन्त्रित हुन्छ। एक बोरा चामल लिनलाई हप्तौं दिन लाइन लागेर बस्ने अवस्था अझै पनि विद्यमान छ।
खाद्य सम्प्रभुता सुन्ने नारा मात्र भएको छ। किसानले उत्पादन मात्र गर्ने हुन्, भण्डारणको क्षमता उनीहरूमा पुग्न सकेको छैन। किसानले सस्तो मूल्यमा बेच्ने र उपभोक्ताले महँगो मूल्यमा किनेर खानबाध्य छन्। फाइदा लुट्नेमा बिचौलियाहरू नै हाबी भएका छन्। उत्पादन गर्नेलाई नै उचित भण्डारण र मूल्यनिर्धारण साथै बिक्रीवितरण गर्ने सम्मको सबै अधिकार सम्पन्न गराउन सके सबैलाई राम्रो हुन्छ। किसानको जीवनस्तरमा वृद्धि हुन्छ।
चाडबाडसँगै अस्पतालमा बिरामीको संख्या बृद्धि हुन्छ। खानपानमा ध्यान नदिँदा नै यो समयमा बिरामीको संख्या बढेको हो। जहाँ, जुन मौसममा जे फल्छ त्यही चिजलाई प्रमुख खाद्यान्न मानेर खाने बानीमा विकास गर्नु जरुरी छ। खाना बनाउन अल्छी मानेर जंक फुड खाने बानी नगरौं।
प्रायजसो सबै स्कुलको होस्टलहरूमा धेरै खाने कुरा फालिन्छ। होस्टलमा अगाडि खाना खानेहरूले निकै फाल्ने र पछाडिकालाई नपुग्ने भएकाले दालमा पानी थपेर खाएका प्रत्यक्ष देखेका छौं अनि खाएका छौं। हामीले हाम्रा सन्तानलाई खाने कुरा फाल्नु हुन्न भनेर स्कुलिङ गर्न सकेका छैनौं। हरेक घरमा सबैले खाने कुरा जति चाहिने हो त्यति बनाउने बानीको विकास गर्नुपर्छ। खाने चिजलाई आफूले पनि नफाल्ने र अरूलाई पनि फाल्न हुन्न भनेर बुझाउनु हामी सबैको साझा दायित्व हो। खानेकुरा सबैको प्राणदाता हो। यसलाई सबैले आदर गरौं, सम्मान गरौं। झुक्किएर पनि कहीं कसैले खाने कुरा नफालौं। हाइलाइट
खाने चिज सबैको प्राणदाता हो। यसलाई सबैले आदर गरौं, सम्मान गरौं। झुक्किएर पनि कहीं कसैले खाने कुरा नफालौं।

Design a site like this with WordPress.com
Get started