भटमास खेतीपाती गर्ने सिजन भो, कसरी गर्नेखेती सम्पुर्ण जानकारी जानिराखौ

भटमास दलहान दुई दालिए दलहान खेतीमा पर्ने भिटामिन युक्ति उत्पादन हो । यसको खेतीपाती समुन्द्री सतह देखि ४ ५०० मिटरको उच्च सुख्खा ठाउँमा हिउँदे बालीको रूपमा गर्ने गरिन्छ ।

-हावापानीको अवस्था
गर्मी तथा चिसो दुवै वातारणमा भटमासको उब्जनी हुन्छ। २६.५ देखि ३० डिग्रीको तापक्रममा भटमासको उब्जनी सबैभन्दा राम्रो हुन्छ ।भटमासको बिउ छिटो उमार्न र बेर्नाहरूलाई हलक्कद बढाउनका लागि जमिनको तापक्रम १५ डिग्री सेल्सियस वा सोभन्दा माथि हुनुपर्छ।दिनको लम्बाइ चौध घन्टा भन्दा छोटा दिन, निर्धारित वातावरण र तापक्रम समेत अनुकूल छ भने भटमासका धेरैजसो प्रजातिहरू छिटै बढ्ने र परिपक्व अवस्थामा पुग्ने गर्दछन्।सामान्यतया जुन महिनाको तेस्रो हप्तादेखि जुलाइ महिनाका अघिल्ला १५ दिन भित्र भटमास रोप्ने गरिन्छ।

-माटो
पानी राम्ररी निकास हुने मलिलो माटो भटमास खेतीका लागि उपयुक्त हुन्छ।सोडियम र लवणयुक्त माटाले बिउ उम्राइमा अवरोध गर्दछ।पानी जम्यो भने पनि भटमास बृद्धिलाई वाधा पुर्याीउँछ।

-बाली चक्र
प्रतिफलको मात्रा बढाउनका लागि मकै, तिल आदिसँग मिसाएर एकै पटक भटमास खेती गर्ने गरिन्छ।मकै र भटमासको खेती सँगसँगै गर्दा मकैको उत्पादन नघटाइकनै प्रति हेक्टर १० देखि १२ क्विन्टल भटमास पनि उब्जाउन सकिन्छ। मकै र भटमासको मिश्रित खेती गर्दा १०० सेन्टिमिटरको फरकमा ड्याङ बनाएर एउटा बोट र अर्को बोटको दुरी १० सेन्टिमिटर कायम गर्नुपर्छ । मकै लगाएका दुईवटा ड्याङ्का बिचमा तिनवटा ड्याङमा भटमास रोप्नु उपयुक्त हुन्छ।बाली चक्रका केही नमुनाहरू यस प्रकार छन्:
१. भटमास-गहुँ
२. भटमास-आलु
३. भटमास-चना
४. भटमास-सूर्ति
५. भटमास-आलु-गहुँ

-रोपाइ
• माटो फुक्का होस् र बिउ राम्ररी उम्रियोस् भनेर जोत्ने काम गरिन्छ।हावाको राम्रो प्रवाह भएमा भटमासका बिरुवाहरू हलक्क बढ्छन् भने अन्य झारपात पनि मासिन्छन्। उत्कृष्ट नतिजा हासिल गर्नका लागि माटाको नमुना परीक्षण गर्ने गरिन्छ।माटामा पोषक तत्त्वको मात्रा जति बढी हुन्छ रासायनिक मलको त्यति नै कम मात्रा आवश्यक हुन्छ।जमिन सम्याउने क्रममा N, P2O5 र K2O को मात्रा मिलाएर २०-३०, ६०-८० केजी प्रति हेक्टरका दरले रासायनिक मल हाल्नु पर्दछ।चिस्यान कायम होस् र बिउ राम्ररी उम्रियोस् भनेर बिउ छर्नु भन्दा तिन चार दिन अघि पानी पटाउनु पर्दछ। भर्खरै आवाद गरिएका जमिनका लागि प्रति दस किलो बिउका लागि १० ग्राम रिजोबियम प्रतिजीवाणु मिसाउनु पर्दछ।यसले बिरुवाका जरालाई गाँठा बनाउन र नाइट्रोजनलाई स्थिरीकरण गर्न सघाउँछ।बिउलाई माटाका कारण हुने ढुसीसम्बन्धी रोगबाट जोगाउन क्याप्टान (captan) वा (thiram)जस्ता ढुसीनाशक औषधिको प्रयोग गर्ने गरिन्छ।

बिरुवाको आकार र मौसमका आधारमा ड्याङहरूका बिचमा ४५-६० सेन्टिमिटरको दुरी र बिरुवाहरूका बिचमा ५-१०को दुरी पारेर बिरुवा रोप्नुपर्छ। सबैभन्दा अनुकूल चिस्यान भएका अवस्थामा ३देखि ४ सेन्टिमिटर भन्दा गहिरो रोप्नु हुँदैन।प्रतिहेक्टर ४ लाख विरुवा रोप्नका लागि सामान्यतया ६० देखि ८० केजी बिउको आवश्यकता हुन्छ।हातैले वा मेसिनले बिउ रोप्न सकिन्छ।

-मल र पोषणको व्यवस्थापन
भटमासको अधिकतम उत्पादनका लागि प्रति हेक्टर १५ देखि २० टन गोबर मल वा प्राङ्गारिक मलको आवश्यकता हुन्छ। प्रतिहेक्टर ३० क्विन्टलका दरले हुने भटमासको उत्पादनले जमिनको ३०० केजी नाइट्रोजनक खपत गर्दछ। तर भटमास जराको गाँठोमा जीवाणुको सहायताले वायुमण्डलीय नाइट्रोजनलाई स्थिरीकरण गर्न सक्ने खालको (legume) वनस्पति भएकाले भटमासले यसले जरामा प्रभावकारी ढङ्गले गाँठा निर्माण भएका अवस्थामा आवश्यक नाइट्रोजन स्वयं निर्माण गर्दछ। जैविक तत्त्व र उत्पादनशीलता कम भएको जमिनका लागि प्रारम्भमा प्रतिहेक्टर २० देखि ३० केजीसम्म नाइट्रोजन प्रयोग गर्दा बालीलाई पर्याप्त हुन्छ। कोसा लाग्न थालेदेखि ती परिपक्व हुनुभन्दा लगभग दस दिनअघिसम्म फोस्फोरसको आवश्यकता हुन्छ। बालीलाई कति फोस्फोरस चाहिने हो त्यसको निर्क्यौल गर्न माटाको परीक्षण गर्नु पर्दछ। फोस्फोरको प्रयोगसँगै जरामा हुने गाँठाहरू र जीवाणु थप गतिशील हुन्छन्। अन्य बालीका तुलनामा भटमासलाई बढी पोटासियम चाहिन्छ।प्रतिहेक्टर ३० क्विन्टल उत्पादन हुने भटमास खेतीले जमिनको १०० केजी पोटासियम घटाइदिन्छ।भटमासका कोसा लाग्ने समयका तुलनामा तीव्र प्रजननात्मक वृद्धिका बेला पोटासियमको शोषण बढी हुन्छ।पोटासियमको प्रयोग कति गर्ने भन्ने कुराको निर्क्यौल गर्न माटो परीक्षण गर्नु उत्तम उपाय हो।माटो परीक्षण नभएका अवस्थामा प्रति हेक्टर ५० देखि ६० केजी पोटासियम प्रयोग गर्नु पर्दछ।बिउ छर्ने बेलामा रासायनिक मल र बिउको दुरी ५ देखि ७ सेन्टिमिटर हुनु पर्दछ।

-सिचाइ
अनुकूल चिस्यान कायम राख्नका लागि बिउ छरेको एक हप्तापछि पहिलो पटक पानी पटाउनु पर्दछ। ड्याङ वरिपरिका सियामा मात्र पानी पटाउनु पर्दछ। अत्यधिक वर्षा भएमा कुलेसा बनाएर पानी निकासा गर्नु पर्छ। मौसम तथा माटाको चिस्यानलाई हेरेर कोसा राम्ररी विकसित नहुन्जेलसम्म १० देखि १५ दिनको अन्तरालमा पानी पटाइरहनु पर्दछ।

-बाली उठाउने
भटमासका ८० प्रतिशत कोसा परिपक्व भएपछि बाली उठाउने गरिन्छ।भटमासको जात, तापक्रम र मौसमको अवस्थाका आधारमा भटमास बाली परिपक्व हुन ५० देखि १४० दिन सम्म लाग्न सक्छ।भटमासका बोट परिपक्व भएपछि पातहरू पहेंला भएर झर्न थाल्छन् भने कोसाहरू छिटो छिटो सुक्न थाल्छन्।दानामा रहेको चिसोपन तीव्र गतिमा सुक्दै जान्छ।बाली उठाउँदै गर्दा दानाभित्रको चिसोपना १५% हुनुपर्छ।जमिनभन्दा माथिका डाँठ भाँचेर वा कँचियाले काटेर भटमास बाली उठाउन सकिन्छ। भटमास झार्ने औजारको प्रयोग गरेर झार्न सकिन्छ।भटमास झार्दा निकै सावधानी अपनाउनु पर्छ अर्थात् धेरै कुट्ने वा कुल्चिने गर्नु हुँदैन।यसो गरियो भने दानाको गुणवत्ता र टिकाउपनमा असर पुग्छ।

बहु-उपयोगी जडिबुटी सतुवा खेती


सतुवा खेती

Scientific Name( Latin Name): Paris polyphylla sm.)
Family: Liliaceae
परिचय:
सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जराको आकार अदुवा जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । जस्तै : -बान्ता भएमा अथवा पखाला लागेमा सतुवाको सेबनले बिरामी छिटै निको हुन्छ,
– पेट दुखेमा सतुवाको सेबनले छिटो निको हुन्छ, पाकेको घाउमा सतुवाको जरा घोटेर लगाएमा छिटो निको हुन्छ,
-अन्य धेरै किसिमका रोगहरु निर्मुल पार्न प्रयोग गरिने एक महत्त्वपूर्ण जडिबुटी हो।
खसु्र र ठिंग्रे सल्लाको जंगल भएको भागमा यो विरुवा धेरै पाउन सकिन्छ । यो विशेष गरेर सेपिला भागमा फस्टाउँछ सतुवा खेतिका लागि चिस्यान ,ओसेपिलो र मलिलो माटो भएको भूगोलमा उपयुक्त हुन्छ। यो विरुवा सामान्यतया १/२मिटर अग्लो हुन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन्। यस विरुवाको सबैजसो पातहरू एउटै आँख्लाबाट पलाएका हुन्छन्। प्रत्येक पात झन्डै भाला आकारको भई १५ सेन्टिमिटर लामो र ६ सेन्टिमिटर चौडा हुन्छन्।

पातको टुप्पो चोसो परेको हुन्छ। विरुवाको टुप्पामा एउटै मात्र फूल फूलेको हुन्छ। फूलका तरेलीहरू पहेंलो र हरियो रङ्गको हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन्। विशेष गरि यो विरुवाको जडिबुटीमा प्रयोग हुने भाग काण्ड हो। यो काण्ड जमीनमुनि रहने र अदुवा जस्तो हुन्छ। यसको रंग खैरो किसिमको हुन्छ। साधारण अदुवामा जस्तै धेरै हाँगा बिंगा हुदैन। उत्त काण्ड ६ देखि ९ सेन्टिमिटर सम्म लामो र २ देखि ४ सेन्टिमिटर सम्म चौडा हुन्छ। यो काण्डबाट लामा लामा जराहरु पनि निस्केको देख्न हुन्छ्न। सतुवा एक वर्षे विरुवा हो जुन वर्षयाममा हुर्कन्छ अनि हिउदयाम सुरुवात सङौ यो बिरुवा पनि मर्न थाल्छ। यो बिरुवा रोपेको एक वर्ष विराएर खन्दा राम्रो हुने भएकाले वर्ष बिरायर निकाल्दा राम्रो मानिन्छ । आजको युग बिज्ञान तथा प्रबिधि को युग हो। यो आर्युबेदिक तथा अहिलेको मेडिकल साइन्समा पनि अत्यन्त महत्व पूर्ण र उपयोगी औषधिय विरुवा हो । यसको विश्वमा ठूलो माग सङौ महत्वपनि एकदमै बढी छ । यस्ता वनस्पतिको खेति गर्न सके कृषि क्षेत्रमा क्रान्ति स्थापना हुने बिकास र समृद्धि को ढोका खुल्ने कृषक तथा देशको लागि अत्यन्त लाभ पुग्न सक्दछ । हाल सतुवाको बजार मूल्य ९ देखि १० हजार रुपैंयामा बिक्री भैरहेको छ भने यसको मूख्य बजार चीन हो ।

रक्त चन्दन बारे जानकारी – देव धवल

अग्रेजीमा रेड सेण्डलउड (Red Sandal wood) नामले परिचित रक्तचन्दन Pterocarpus santalinus प्रजातीका हुन । यो विशेष गरी पृथ्वीको भू-मध्ये रेखाले छोएका स्थान जस्तै भारत, श्रीलंका, अप्रिmका, नाभिविया, जिम्वाव्वे अष्ट्रेलियाको उत्तरी क्षेत्रमा प्रशस्त पाइएको छ। नेपालमा पनि रक्तचन्दन खेतीको प्रवल सम्भवाना रहेको हुँदा प्रकृया पुर्याएर उक्त खेती बाट ब्यापक आएआर्जन गर्न सकिन्छ ।
हरेक दिन ट्रकका ट्रक रक्त चन्दन नेपालका विभिन्न ठाउंबाट पक्राउ परेको समाचार आउन थालेपछि नेपाली जनमानसमा पनि रक्त चन्दनको विरुवा प्रति ठूलो जिज्ञासा र मोह जागेर आएको छ। विश्वका १० महगां काठ हरुमध्ये रक्त चन्दन पनि एक हो । रक्त चन्दन धार्मिक दृष्टिकोणले जति महत्वपूण छ ब्यवसायिक हिसावले पनि त्यो भन्दा कुनै मानेमा कम छैन । रक्तचन्दन हिन्दु धर्मका पवित्र ग्रन्थहरुमा उच्च महत्वका साथ ब्याख्या गरिएको छ । साथै हिन्दु धर्म संस्कृति अनुसार प्रत्येक पुजा आजामा पवित्र वस्तुको रुपमा यसको प्रयोग गरिन्छ । ।गोलो आकारको पात हुने रक्त चन्दनको रुख खासै ठूलो हुदैन
रक्त चन्दन ६ देखि ३८ ड्रि्री सेल्सियसको तापक्रम भएको स्थानमा हर्कने गर्दछ ।यसको ब्यावसायिक खेती तराई देखि मध्य पहाडसम्म सजिलै गर्न सकिन्छ । साथै मध्य पहाड भन्दा माथिल्लो भेगमा समेत यसको खेती गर्न सकिन्छ । अलि जाडो हुने स्थानमा यसको खेती गर्दा उत्पादन भने अलि ढिलो दिने हुन सक्छ । नेपालमा तराई साथै पहाड प्रसस्त भएको हुदाँ यसको खेती दुवै ठाउँमा राम्ररी फस्टाउन सक्छ ।

बिषेशता:

रक्तचन्दनको काठ कडा, चाम्रो र नचर्किने भएकोले यसबाट आकर्षक खेलाउना, झयाल, सन्दुक बनाउन प्रयोग गरिन्छ । यसको काठलाई पेलेर वाष्पिकरण गरि तेल निकाल्ने गरिन्छ । जुन तेलबाट मुटु, किडनी, क्यान्सर र रगत सफाईको लागि अचुक औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । चन्दनको मुढालाई पकाएर, मेशिनले पेलेर निकालिने तेलको मुल्य चीनमा ५ हजार डलर प्रति लिटर सम्म पर्छ । एक क्वीन्टल काठबाट अर्ढाई देखि ३ लिटर. सम्म तेल निकाल्न सकिन्छ । राम्रो काठ भएमा ५ लिटर सम्म तेल निकाल्न सकिन्छ ।। एउटा रुखबाट ३ क्वीन्टल सम्मको काठ निकाल्न सकिन्छ । यस हिसावले एक क्वीन्टल काठवाट झण्डै १०लाख वरावरको तेल निकालिने भएकोले चीनका व्यापारीहरुले यसलाई राम्रो मूल्य चुकाउने गर्दछन । र यसको भाउ वढनुको कारण यो पनि एक हो।
यसको सुगन्धित धुलो लगाएर नुहाउदा छालाको सवै रोग हरण हुने विश्वासमा सौर्न्दर्य पारखीहरुले किनेर प्रयोग गर्ने गर्दछन्। यसको तेलबाट महंगो ‘सेन्ट’ बनाईन्छ । चन्दनको काठको फर्निचर घरका कोठामा प्रयोग गरेमा मच्छेड किराहरु नआउने बताईन्छ । चीनको वेइजिंग शहरमा त रक्तचन्दनको काठबाट बनाईएको विभिन्न किसिमका फर्निचर काष्ठकला, बास्तुकलाको नमुनाहरु संकलन गरि एउटा भव्य संग्राहलय नै बनाइएको छ।

नेपालमा रक्तचन्दनको सम्भावना:

नेपालको जंगलमा छिटपुटरुपमा चन्दनको रुख पाईने भएता पनि व्यवसायिकरुपमा यसको खेती गरेको पाईदैन । विगत एक वर्षयता भारतीय चन्दन नेपालमा पक्राउ पर्न थालेपछि यहाँ पनि चन्दनको खेती प्रति आकर्षण बढ्न थालेको छ । नेपालको परिपेक्षमा हेर्ने हो भने नेपालमा बढेको बढ्दो सहरीकरणको कारणले पहाडका खेत बारीहरु दिनानुदिन बाझिदै गएका छन । यो अवस्था कायमै रहने हो भने पहाडका खेत बारीहरु २० वर्ष पछि अहिलेको ९० प्रतिसत बाझो वनको रुपमा परिणत हुन पुग्छ । यस्तो अवस्थामा ती पहाडका खेत वारीमा यदि अव हामीले खेती नगरी जंगलै बढाउने हो भने रक्त चन्दन जस्ता बहुमूल्य प्रजातीका रुख रोप्नु सबभन्दा उत्तम हुन्छ । यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले रक्त चन्दन खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।यदि हामी सबैले इमान्दारिताका साथ आफ्ना बाझा खेत बारी तथा निजी वनमा रक्त चन्दनको खेती गर्यो भने आफ्नो आर्थिक उन्नती त स्वतह हुन्छ साथै राष्ट पनि सम्वृध वन्ने कुरामा कुनै दुविधा छैन । अवका दिन मा यस्ता बहुमूल्य खेती तर्फ वन मन्त्रालय, साथै वनसंग सम्बन्धित सम्पूर्ण निकायहरु यस्ता खेतीको प्रवद्धनमा लाग्नेहो भने अवको २० वर्षमा नेपाल पुरानो उखान हरियो वन नेपालको धन को अर्थ भेट्टाउन अवस्य पनि सफल हुन्छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

रक्त चन्दन को बजार:

चन्दन मुल्यवान मात्र नभएर यो विश्वबाट लोप हुदै गएको बनस्पती पनि भएकोले विश्व वातावरण महासन्धीले सेतो चन्दन (श्री खण्ड) लाई विलुप्त हुन लागेको वनस्पतीको पहिलो श्रेणी र रक्तचन्दन लाई दोश्रो श्रेणीमा राखेको छ । भारतमा सरकारले प्रति किलो ७७० रुपैयाको दरले खरिद गर्दछ भने नीजी कम्पनीहरुले ११ सय सम्ममा खरिद गर्दछ । चीनका व्यापारीहरुले ४४ सय प्रति किलोमा खरिद गर्ने भएकोले नेपालका तस्करहरुले भारतबाट किनेर चीन पूर्याउने गर्दछ । नेपालको बाटो बाट लैजादा झण्डै १४ सय रुपैया त विभिन्न राजनीतिक पार्टी, गुण्डा,पुलिस प्रशासनलाई खुवाउदै लैजानु पर्ने भएकोले पनि यसको मुल्य वढन गएको कुरा व्यापारीहरु बताउछन्।

खेती प्रविधि र लगाउने विधि :

-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने

कृषक पिता भनेर जन-उपाधी पाएका कृषक अगुवा धवललाई पृत शोक …

😥😪😓😢😰
कृषक समुदायको लागि हकहित तथा सम्मान स्थापित गराउन अभियान सहित अगाडि बढेर काम गर्दै आएको असल हिरो देव धवलको (र जेठो छोरा ओमसतिया गाउपालिका प्रवक्ता शिवा धवलको) बुवा कृषक बासुदेव धवलको 58 बर्षको आयुमा असमयिक निधनले सिङ्गो हामी कृषक समुदायलाई स्तम्भ बनाएको छ ।

तीन महिना पहिल कोभिड-१९ पोजेटिभ हुदा केही नभई घरमा सामान्य उपचारले निको हुनुभएको थियो । बासुदेवको कुनै रिपोर्टमा निस्चित कुनै किसानको रोग नभए देखिए नि मणिग्रामको Crimson र काठमाडौंको Medicity तथा चितवनको चितवन हस्पिटल प्र.लि. मा परिक्षण गर्दा केही रोग फेला नपरे त पनि उपचार गराई निको भएरै डिस्चार्ज भएको २५/२७ दिन पछि अचानक मृत्युको खबरले हामी अत्यन्तै दुखी छौं । उहाँको आत्माले स्वर्गमा बास पाओस्
हार्दिक श्रद्धाञ्जली 🙏

कोदो सम्बन्धि सम्पुर्ण जानकारी

-परिचय :
कोदो करिब १५० से.मि. सम्म अग्लो हुने र जरा २५–४० से.मि. सम्म तल जाने घाँसे परीवारको (Poaceae, family) मा पर्ने एक वर्षिय बाली हो । यसको डाँठ धान, गहुँको तुलनामा केही दरो, चिप्लो र होचो हुन्छ । यो एक स्वयंसेंचन (self pollinated ) वाली हो । नेपालको पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको दोस्रो वाली मानिन्छ । अफ्रीकाको युगान्डा र सो आसपासका देशहरुबाट कोदोको उत्पत्ती भएको मनिन्छ । कोदो उत्पादन गर्ने प्रमुख देशहरुमा क्रमशः भारत, नईजेरेया, नाईजर, चीन, माली, बुर्किनाफासो, युगान्डा, ईथियोपिया, चाड, सेनेगल, नेपाल पर्दछन् ।

-उपयोग :
१.पहाडी क्षेत्रमा पिठोको रोटी वा ढिडो बनाई साँझ बीहानको आँढिलो खानाको रूपमा उपयोग गरिन्छ ।
२.कोदोको तुम्बा निकै लोकप्रिय छ ।
३.हर्लिकस ,हलुवा, लोकल रक्सी जाँड बनाउनमा प्रयोग हुन्छ ।
४.कोदोको नल पशुलाई खुवाउन प्रयोग गरिन्छ ।
५.कोदोमा प्रोटिन दुधको जस्तै तागतिलो मनिन्छ ।
७.क्याल्सियम, फोस्फोरस आइरनको मात्रा वढि भएकोले वालआहारमा मिसाउने र सुत्केरीहरुलाई खुवाउने चलन पनि छ ।

-कोदोको उन्नत जातहरु :
१.ओख्ले–१ :
यो जात ओखलढुंगा जिल्लाको स्थानीय प्रजाति हो । Mass selection विधिद्वारा यस जाताको छ्नोट गरिएको हो । यो ठाँउ हेरी १५४–१९८ दिनमा तयार हुन्छ । यो जात नेपालको मध्य पहाड तथा उच्च पहाडक्षेत्रको लागि उपयुक्त मनिन्छ। यसको उत्पादन क्षेमता ३.३ मे.टन प्रति हेक्टर रहेको छ ।

२.डल्ले–१ :
यो जात पनि स्थानीय छनौंटबाट निकालिएको हो । यो जात १२५–१५१ दिनमा तयार हुन्छ र प्रति हेक्टर उत्पादन ३.३ मे. टन रहेकोे छ।यसको खेती तराई , भित्री मधेश र मध्य पहाड क्षेत्रमा सफल मानिन्छ ।

३.काभ्रे कोदो–१ :
यो जात काभ्रे जिल्लाको स्थानीय प्रजाति हो । यो जातको वाली १६७ दिनमा तयार हुन्छ र उत्पदन २.३ मे. टन प्रति हेक्टर छ । यो जातको खेती समुन्द्र सतहबाट करिब ९०० देखि १९०० मिटर उचाइ सम्मको मध्य पहाडी क्षेत्रको पाखो वारीमा उपयुक्त मानिन्छ ।

-हावापानी र माटो :
यो सुख्खा सहन सक्ने वाली हो। नेपालमा तराई देखि लिएर पहाडी क्षेत्रमा लगभग २३०० मिटर उचाइ सम्म कोदो खेती गारिन्छ । मलिलो माटो कोदो खेतीको लागि उपयुक्त मानिन्छ। कोदोको लागि हल्का बलौटे पाँगो/दोमट माटो उपयुक्त हुन्छ माटोको एज् ५ देखी ८.२ भएको स्थान कोदो खेतीको लागी उपयुक्त हुन्छ ।

-कोदो लगाउने तरीका
१.कोदोको वेर्ना सार्ने
२.सोझै बीउ छर्ने
१.कोदोको वेर्ना सर्ने
नेपालमा धेरै जस्तो कोदो वेर्ना सारेर खेती गरिन्छ । तराई वा १००० मिटर तल सम्मको पहाड खण्डमा साउनमध्ये देखि भाद्रसम्म १०००–१५०० मिटर उचाइमा असार मध्य साउन सम्म र सो भन्दा माथीको क्षेत्रमा असार सुरु देखी मध्यमा कोदोको वेर्नासारिन्छ ।

२.सोझै बीउँ छर्ने तरिका
जमिन तयार गरि प्रांगारिक मल तथा अन्य मलहरु माटोमा राम्ररी मिसाई सामान्यतया जेठ १५ देखि असार १५ सम्म कोदो बीउ छरी हल्का चलाई पुरिन्छ ।

-कोदो बालीमा लाग्ने मुख्य कीराहरु :
१.ब्लास्ट (Blast )
पातको सतहमा खैरो, हरियो तथा पहेलो थोप्लाहरु (Lesions) देखा पर्दछ । रोगको प्रकोप बढ्दै जाँदा पातको सतहमा खैरो, हरियो तथा पहेलो थोप्लाहरु (lesions) देखा पर्दैछ । बिरुवाको तथा डाँढ बालाका तल्को भागमा पनि रोगको लक्षण देखा पर्दछ । रोग लागेको बाला चाउरिन्छ र दाना पुस्ट हुन पाउदैन र हल्का हुन्छ ।

२. डाउनी मिल्ज्यू (Downy mildew )
यीएक प्रकारको (Sclerophthoramacrospora) नामको ढुसिबाट लाग्दछ । यसको प्रकोपबाट कैलेकाही बाली सखाप पनि पार्न सक्दछ । रोगको प्रकोप बढदै जाँदा पातको तल्लो भाग सेतो ढुसी देखा पर्दछ बिरुवाको वृद्धि रोकिन्छ पातहरु घुमिन्छन् ।

-वालीकटानी तथा भण्डारण :
कोदोको जात तथा खेती गरिने स्थानको आधारमा बीउ राखे देखि १२०–२०० दिन सम्म लाग्न सक्दछ । मध्य पहाड्मा धेरै जसोकार्तिक १५ देखी मंसिर भित्रमा पाक्दछ । पाकेको कोदोको गेडा कडा र खोस्टा गाडा खैरो हुन्छ तर सबैवाला एकै पटकमा पाक्दैन । धेरै बालाहरु पाकेपछि हँसियाले पाकेको बाला काट्ने गरिन्छ र बाँकी नपाकेको बाला पुनस् काट्ने गरिन्छ । धेरै जसो किसान्ले फट्फुट हरियो भयपनी पुरै वाली जमिन तिरबाट एकै पटक नल सहित काट्ने गर्दछन राम्रो चाही पाकेको बाला टिप्नु नै मानिन्छ । कोदोको नलबाट वाला छुटयाई थुप्रो बनाईपरालले छोपेर तीन चार दिन गुम्या । मएर राखिन्छ र घाममा सुकाइन्छ । यसो गर्नाले गेडा छिटो झर्छ भन्ने अनुभव रहेको छ । आजभोलि कोदो चुट्ने मेसिन पनि बजारमा उपलब्ध रहेको छ । कोदो चुटी सेकेपछी धुलो खोस्टा बताएर सफा गर्नुपर्दछ । यसलाई राम्रो मलजल तथा गोडमेल गरेमा प्रति रोपनी १५०–१७० के.जी सम्म उत्पादन लिन सकिन्छ ।

देव धवलको दाबी, धान दिवस फरकफरक समयमा हुन्छ तर कृषक दिवस एक समयमा सबै किसानलाई सम्बोधन गर्ने हुन्छ ।

मेरो धान दिवस आज थियो । हाम्रो पुर्खाले धान खेतीपाती गर्ने क्रममा जति दिन लागेपछि जुन दिन अन्तिम रोपाइ हुन्थ्यो त्यो दिन ( सकलहरा ) मनाउदै मीठो-मिठो खानेकुरा सबै गाउले सहयोगीलाई खुवाउने र रोपाइ संगसगै हिलो छयापने चलान कायमै छ । सबैभन्दा बढी धान उत्पादन हुने  तराईमा यो चलान/रीतिरिवाजलाई कायमै छ तर नेपाल सरकारले हामी कृषकको पौराणिक निति सुधारको हो कि बिगारेको बिचार गर्ने बिचार गर्नुपर्ने तर्कको बिषय हो । किनभने सबै रोपाइ एकैपटक अन्त्य त हुनै सक्दैन र रोपेको सुरूवाट पनि एक दिन सबै किसानको हुन सक्दैन , अनि कुन आधारमा यो दिवस असार १५ लाई नै मन्ने ।

तसर्थ सबै किसिमको पहिलो उत्पादन गर्ने वा उत्पादन कार्य सघाउने कृषक समुदायको हकहित तथा सम्मानको लागि जेठ २७ गते मनाउने गरिएको “राष्ट्रिय कृषक दिवस” नै उत्तम हो ।

नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपालमा

सेतो पुच्छरे लामखुट्टे

नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपाल देखा परेको छन् । यसको आकार अधिकत्तम 2 मिलिमिटर लामो र 1/2 मिलिमिटर व्यास भए देखा परेको छन् । यस लामखुट्टेलाई #DevDhawal ले “सेतो पुच्छरे लामखुट्टे” भनेर नाम दिनुभएको छ । यो अत्यन्त बिस युक्ति भएकोले यश सेतो पुच्छरे लामखुट्टेले टोक्दा २०/२५ मिनेट सम्म चीलाउने र सुजान आउने हुन्छ । रोगसँग लड्ने क्षेमाता कम भएको व्यक्तिलाई यो सेतो पुच्छरेे लामखुट्टेको टोकाइबाट अल्सीपाना बढ्ने, निद्रा लाग्ने, सामान्य ज्यरो आउने तथा अल्प-रक्तको समस्या देखा पर्ने हुन्छ ।

यो धेरै सानो भएकोले अति कम देख्ने व्यक्तिले सितिमिति देख्न नसक्ने भएको र सामान्यत घरको झ्याल/ढोका प्रयोग गरिने 1/2 मिलिमिटर प्वाल भएको जालीमा समेत छिर्न यस सेतो पुच्छरे लामखुट्टेबटा जोगिन एकदमै कठिन छ ।

यो ताजा फोहोरमा बढी बस्ने तथा नरम घासफुस खाने र त्यसमै लुक्ने गरेकोले यस्तो फोहोर सरसफाइ गरे छिटोभन्दा नष्ट हुने हुन्छन् । सरसफाइ नै यस लामखुट्टे बटा बच्ने उत्तम उपाय हो । धुवा / धुप बाट भाग्ने एवम् मर्ने भए त पनि त्यसले मानवीय जीवनमा असार पारेको हुन्छ ।

धान बालीको व्याक्टेरियल पात डढुवा रोग ( Bacterial Leaf Blight: Xanthomonas oryzae )

नेपालको विभिन्न स्थानहरुमा धान बालीमा व्याक्टेरियल पात डढुवा (Bacterial Leaf Blight) रोगको समस्या फैलिइ रहेको खबर प्राप्त भएको हुनाले‍‍‍‍‍‍‍‍‍‍‍‍‍ उक्त रोग सम्बन्धी जानकारी र रोग व्यवस्थापनका केहि उपायहरु समेटी यहाँ प्रस्तुत गरिएको छ।

रोग फैलिने उपयुक्त अवश्थाः
• तापक्रमः २५-३४ डिग्री सेल्सियस
• उच्च सापेक्षिक आर्द्रता (७० % भन्दा बढी)
• लगातार वर्षा र हावाहुरी
•धानको नजिक रोपाई
• माटोमा नाइट्रोजन तत्वको उच्च मात्रा
• रोग देखिएको बालीको अवशेष।
रोगको जिवाणुको श्रोतः विउ, घाँसे झारपातहरु, रोगग्रस्त बालीका ठुटाहरु।
रोग फैलावटको माध्यमः पानी, हावा।
रोगका लक्षणहरुः
प्राय जसो पातको किनारावाट पानीले भिजेको जस्तो नागबेली (Wavy) धर्साहरु देखिन्छन्। पछि गएर यो भाग पराले रंगमा परिणत हुन्छ। रोगी पातलाई काटेर सफा पानी भरिएको सिसाको ग्लास वा टेष्ट ट्युवमा नचलाई राखेमा काटिएको भागबाट शाकाणु पानीमा झरेको प्रष्ट देखिन्छ। यो रोगको अर्को लक्षण हो बोट ओइलाउने। रोगको शाकाणु बोटको पुरै भागमा फैलिन्छ र गाँज ओइलाई मर्न थाल्छन्। यसलाई क्रेसेक (Kresek) अवस्था भनिन्छ। क्रेसेक रोपाई गरेको २-३ हप्ता पछि शुरु हुन्छ। रोगग्रस्त बोटको डांठलाई काटी निचोर्दा हल्का पहेलो रंगको पिप जस्तो अर्ध तरल पदार्थ निस्कन्छ।
रोग व्यवस्थापनका उपायहरुः
• रोगमुक्त स्वस्थ बिउको प्रयोग गर्ने।
• रोग प्रतिरोधक जातहरु जस्तै – जानकी, सावित्री, हर्दिनाथ १ र २, राधा सिरिज, चैते २ र ४, सुख्खा सिरिज, वर्षे-२, शाम्वा मन्सुली शव -१ आदि।
• हिले व्याडको सट्टा धुले व्याड राख्ने्। पानी भएको ठाँउमा यो रोगका शाकाणुहरु बढी क्रियाशील हुन्छन्।
• बोटलाई सकभर घाउचोट लाग्नबाट बचाउने र धानको टुप्पा काट्ने चलनलाई हटाउने जसले गर्दा रोगको शाकाणु सजिलैसँगै बोट भित्र पस्न सक्दैन।
• अघिल्लो बालीका ठुटा, पराल तथा बैकल्पिक आश्रय झारपातहरु हटाउने वा जलाउने।
• माटो परिक्षण नतिजाका आधारमा सन्तुलित मात्रामा मलखाद्यको प्रयोग गर्ने। नाईट्रोजनयुक्त मलखाद्यको बढी प्रयोगले विरुवाको वनस्पतिक बृद्धी धेरै भई रोगले सजिलै आक्रमण गर्न सक्छ। साथै पोटास मलको प्रयोगमा विशेष जोड दिने।
• खेतमा नियमित पानी नजमाउने। समय समयमा पानी कटाइ राख्नेज।
• ब्याक्टेरियाजन्य जैविक विषादी सिउडोमोनास फ्लोरिसेन्स (Pseudomonas fluorescens) १५-२० ग्राम प्रति लिटर पानीमा १ केजी बिउलाई मिसाएर करिब १० घन्टा भिजाएर उपचार गर्ने साथै तातो पानीले पनि (५0-५५ डिग्री सेल्सियस) बिउ उपचार गर्न सकिन्छ। (विउ उपचार सम्बन्धि बिस्तृत जानकारीका लागी अधिल्ला पोष्टहरु हेर्नुहोला।)
• गाईको ताजा गोबर ५० ग्राम प्रति लिटर पानीका दरले घोल बनाई त्यसलाई छानेर छर्दा यो रोग केही हदसम्म नियन्त्रण भएको पाइएको छ।
• रोग लागि सकेपछि विषादी जस्तै- Streptomycin Sulphate 90%+ Tetracyclin Hydrochloride 10%( एग्रिमाईसीन-१०० अथवा प्लान्टोमाईसीन १.५ ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्ने अथवा कपर अक्सिक्लोराईड (copper oxy-chloride) २ ग्राम प्रति लिटर पानीका दरले मिसाएर स्प्रे गर्नुपर्दछ।
• Bleaching powder १.५ के.जी. प्रति कठ्ठाको दरले सिचाईको पानी सँगै प्रयोग गर्दा यो रोगलाई फैलिनबाट बचाउन सकिन्छ।

रसायनिक विषादी प्रयोग गर्दा सुरक्षित पहिरन (मास्क, पन्जा, गमबुट, शरिर पुरा ढाक्ने कपडा) को प्रयोग गरौँ। सिफारिस मात्रा भन्दा वढी विषादी प्रयोग नगरौँ। एक भन्दा बढी विषादी एकै पटक मिसाएर प्रयोग नगरौ।

व्यवसायिक खुर्सानी खेती गर्ने सजिलो तरिका – देव धवल

खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।
हावापानी :
न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ ।
उपयुक्त जातहरू :
उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी, यात्सुफुसा, चन्द्रमुखी, जी–४, आदि ।
वर्णशङ्कर जातको रूपमा एनएस १७०१, एनएस १७११, कर्मा ७५७, कर्मा ७७७, आदि ।

रोप्ने र बाली लिने समय :

हावापानी र भौगोलिक अबस्था रोप्ने र भन्डारण गर्ने हुन्छ। पहाड तथा मध्य पहाडमा बैशाख देखि असोजसम्म रोप्न सकिन्छ भने माघ फागुनमा बाली लिन सकिन्छ । तराई तथा मध्य तराईमा मसिर देखि चैतसम्म रोप्न सकिन्छ भने साउन देखि असोजसम्म भन्डारण गर्न सकिन्छ।
माटो :
पिएच मान ६ देखि ६.५ र पानीको राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ ।
जग्गाको तयारी :
गोबर वा कम्पोष्ट मल राखेर जमीनलाई तीन देखि चार पटक खनजोत गरी झारपात हटाइ समथर बनाउने । बिरुवा रोप्नको लागि ६० से.मी. को फरकमा ड्याङहरू बनाउने ।
बीऊ दर :
उन्नत : प्रति रोपनी ३० ग्राम (प्रति कठ्ठा २० ग्राम)
वर्णशङ्कर : प्रति रोपनी १० ग्राम (प्रति कठ्ठा ६.६ ग्राम)
बेर्ना भएप्रति रोपनी २,०००–२,५०० बोट (प्रति कठ्ठा १,३००–१,६५० बोट)
मलखाद :
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र बालीको जातमा भर पर्छ ।
बिरुवा रोप्ने दूरी, उमेर र सार्ने तरिका :
ड्याङमा हारको दूरी ६० से.मी. र बोटदेखि बोटको दूरी ४५ से.मी. मा रोप्ने । करिब ३० देखि ३५ दिनको बेर्ना जाडोयाममा ५–६ पाते र वर्षायाममा ७–८ पाते होचो बेर्ना सार्ने । बेर्ना सारेको ३–४ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने ।
गोडमेल :
खुर्सानीबालीमा झारपात हटाएर माटो खुकुलो बनाइ राख्न २–३ पटक गोडमेल गरी उकेरा लगाउने । विरुवामा छापो लगाउने ।
सिंचाई र निकास :
आवश्यकता अनुसार ३ देखि ४ पटक ड्याङको आधाभाग भिज्नेगरी सिंचाई गर्ने । युरिया मल दिएपछि र गोडमेल पछि सिंचाई गर्र्ने । बिरुवाको फेदमा पानी जम्न नदिने ।
बाली संरक्षण :
मुख्यतः ओइलाउने र मोज्याक भाइरस रोग लाग्छ । ओइलाउने रोग लागेमा पुरै विरुवा ओइलाएर मर्दछ । मोज्याक भाइरस लागेका पातहरू गुज्मुजिन्छन् र बिरुवा पहेंलो हुँदै जान्छ । मोज्याक भाइरस लागेका बिरुवाहरू उखेलेर जलाउने । ओइलाउने रोगबाट बचाउनको लागि बाली चक्र अपनाउने । तर भेडे खुर्सानी, भण्टा, गोलभेडा, आलु जस्ता सोलानेसी परिवारका बिरुवाहरू भने बाली चक्रमा प्रयोग गर्नु हुँदैन ।
बाली लिने :
जात अनुसार बेर्ना रोपेको करिब तीन महिनाबाट सुरु गरी आठ महिनासम्म खुर्सानी टिप्न सकिन्छ । भेट्नुमा काठ पसेको हरियो चम्किलो खुर्सानी टिप्ने ।
उत्पादन :
जात र व्यवस्थापन अनुसार प्रति रोपनी ५००–८०० के.जी. (प्रति कठ्ठा ३३०–५३० के.जी.) उत्पादन हुनसक्छ ।

अङ्गुर खेती प्रविधि सम्बन्धि जानकारी – देव धवल

हावापानी तथा समय :-

अङ्गुर खेती जातअनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ।

तर यसले तुसारो र सुख्खा सहन सक्दैन।
यसको खेतीका लागि लामो समयसम्म गर्मी हुने स्थान राम्रो हुन्छ।
२० देखि ४० डि.से. तापक्रमसम्म यसको खेती गर्न सकिन्छ।
समुन्द्र सतहदेखि करिब १५०० मिटरसम्म यसको खेती भएको छ।

अङ्गुर बढ्ने समयमा पानी पर्नु राम्रो हुन्छ।
तर फूल फुल्ने समयमा वर्षा भएमा फल कम लाग्दछ।
फल पाक्ने बेलामा वर्षा भयो भने फल फुट्ने समस्या हुन्छ।
अङ्गुरको बिरुवा पुस–माघमा लगाईन्छ।
पोलीब्यागमा उत्पादन भएको बिरुवा भने पुस–माघबाहेक अन्य समयमा पनि लगाउन सकिन्छ।

माटो :-
प्रायः सबै किसिमको माटोमा #अङ्गुर खेती गर्न सकिन्छ।
तर चिम्ट्याइलो माटोमा राम्रो हुँदैन।
पानी नजम्ने खालको दोमट माटोमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ।
माटोको पि.एच. ५.५ देखि ६.५ सम्म हुनुपर्दछ।

जग्गा तयारी :-
पारिलो र सिचाईको सुविधा भएको जग्गा छनौट गर्नुपर्दछ।
जग्गा दक्षिण वा पूर्व–दक्षिण फर्केको भएमा निकै राम्रो हुन्छ।
हल्का भिरालो खालको जमीन भएमा पानी जम्ने सम्भावना रहँदैन। सबैभन्दा पहिला सम्म जग्गामा वर्गाकार रेखाङ्कन गरेर जग्गा व्यवस्थापन गर्नुपर्दछ।

जग्गा गरा–कान्ला भएको छ भने सोहीअनुसार रेखाङ्कन गर्नुपर्दछ।
रेखाङ्कन गरेपछि अङ्गुर रोप्ने दूरीमा करिब एक मिटर गहिरो र त्यत्तिकै चौडाई भएको खाल्डो खनेर छोडिदिनु पर्दछ।
३ देखि ६ मिटरको फरकमा बिरुवा लगाउन सकिन्छ।
उक्त खाल्डो २–३ हप्तासम्म खुल्लै छोडिदिनु पर्दछ।
त्यसपछि आवश्यक मल माटोमा मिसाएर खाल्डो पुर्नु पर्दछ।
खाल्डो पुर्दा माटो धसिएर जम्दा जमीनको सतहमा ठिक्क मिल्न आउने गरी पुर्नु पर्दछ।

आवश्यक मल :-
रोप्ने बेलामा प्रतिखाल्डो ३० देखि ४० किलो राम्रोसँग पाकेको गोबर-कम्पोष्ट मल,१ किलो सिङ्गल सुपर सल्फेट,५०० ग्राम पोटासियम र अल्ड्रिन धूलोको आवश्यकता पर्दछ।
अन्य मलको हकमा प्रति वर्ष माघमा हाल्नको लागि प्रतिबोट गोबर-कम्पोष्ट मल २० देखि ३० किलो,नाइट्रोजन २५० ग्राम, फस्फोरस ३५० ग्राम,पोटास २५० ग्रामको आवश्यकता पर्दछ।

सिचाई,गोडमेल तथा काँटछाँट :-
चिस्यानको अवस्था हेरेर सिचाई गर्नुपर्दछ।
लामो समयसम्म सुख्खा वा लगातार पानी परेर जम्न गएमा फल फुट्ने, झुप्पाको फल कुहिने,दाना सानो हुने आदि समस्याहरु देखिन्छन्। त्यसैले यी कुराहरु ख्याल गर्नुपर्दछ।

अङ्गुरको नयाँ हाँगामा मात्रै फल लाग्ने भएकोले प्रत्येक वर्ष अङ्गुरलाई काटछाँट गर्नुपर्दछ।
पहिलो वर्ष जमीनबाट माथि ५० से.मि. मूल हाँगा काटिदिनु पर्दछ।
दोस्रो वर्ष आएको हाँगालाई आधा काट्नु पर्दछ।
त्यसपछि आएको हाँगालाई ४–६ आँख्ला राखी प्रत्येक वर्ष काट्नुपर्दछ।

काँटछाँट बोटको पात झरेपछि तर पालुवा नपलाउँदै पुस–माघ महिनामा गर्नुपर्दछ।
काँटछाँट गरी मल हालेर विषादी स्प्रे गरिदिएमा ५०–६० वर्षसम्म पनि आम्दानी लिन सकिन्छ।
अङ्गुरको बोट सुषुप्तावस्थामा रहेको बेलामा खनजोत गरेर सुख्खा याममा बोटको फेद वरिपरि घाँसपात वा परालको छापो दिनु उपयुक्त हुन्छ।
वर्षा याममा गोडेपछि त्यसैबाट निस्कने झारलाई नै छापोको रुपमा प्रयोग गर्न सकिन्छ।

बोटको तालिम :-
बोटलाई निश्चित आकार दिनको लागि फलाम,बाँस, काठ आदिको थाङग्रो दिएर लहरालाई डोर्याउनु पर्दछ।
यसैलाई तालिम दिएको भनिन्छ।
काँटछाँटपछि लहरालाई सहारा दिई डोरी वा तारमा फैलाई बाँध्नुपर्दछ। कुन तरिकाले बोटलाई तालिम दिने हो सोहीअनुसार गर्नुपर्दछ।

फल तयार हुन लाग्ने समय :-
सामान्यतया,अङ्गुर रोपेको ३ वर्षपछि फल्न शुरु हुन्छ।
एक पटक लगाएको अङ्गुरले २०–२५ वर्षसम्म राम्रो फल दिन्छ।
फल लागेपछि पाक्ने समय यसको जात र लगाईएको ठाउँको हावापानीअनुसार ३ देखि ५ महिना लाग्दछ।
राम्रो मौसम भएको दिन शीत ओभाएपछि बिहान ११ बजेसम्म फल टिप्न सकिन्छ।
फललाई राम्रोसँग बोटमै पाक्न दिनुपर्दछ।

उत्पादन :-
अङ्गुर लगाएको क्षेत्रको माटो,हावापनी,बगैँचा व्यवस्थापन,आदि सबै कुरा मिलाएमा प्रतिरोपनी ४०० देखि ६०० किलोसम्म अंगुर उत्पादन गर्न सकिन्छ।

#Grape #Farm in #Nepal

भण्डारण :-
सापेक्षिक आद्रता ८५ देखि ९० प्रतिशत र तापक्रम ० देखि २० डि.से. भएको,राम्रो हावाको सञ्चालन हुने ठाउँमा भण्डारण गरेर अङ्गुरलाई ६ देखि ८ हप्तासम्म सुरक्षित राख्न सकिन्छ!
(स्रोत :- कृषि पत्रीका)

Design a site like this with WordPress.com
Get started