नामको मात्रै आधुनिकतामा विलिन भइ कृषि आधुनिकीकरण, कृषि व्यवसायीकरण र कृषि यान्त्रिकिकरणको कुरा गरीरहँदा किसान समुदायमा विद्यमान सामान्य समस्याहरु जस्तै कृषकले गरेको उपजले बजार नपाएर बारीमै कुहिएको, उत्पादित दुध फल्नुपर्ने , कृषक उत्पादनले बजार मूल्यको न्यूनतम भाग पनि नपाएको, खेती गर्ने बेला अति अवश्यक कृषक उत्पादन सहयोगी वस्तु जस्तैः मल, बीउ इन्धनको अदिको अभाव भएको कुरालाई हामीले नकार्न पनि मिल्दैन।
थौरै समयका लागि मात्रै चर्चाको विषय बन्ने यी परिस्थितिले कृषक समुदायको हकिकतमा हाम्रो अधिकार हननले जाडो गाडेर बसेका छन । नेपालमा कृषक उत्पादन मुखि पेशालाई पुर्खौ देखि निर्वाहमुखी पेशाको रुपमा अंगाल्दै आएका गाउँघरका किसान माझ विद्यमान जटिलताहरुलाई राज्यका संयन्त्रहरुले सम्बोधन गरी न्याय दिनुको सट्टा अघोषित रूपमा कृषक समुदायबाट आर्थिक आमदानी गर्ने मुल आधार मात्रै बनाउने गरिएको हामी सबैलाई अवगत छैन् । सरकारको निकायले कृषक समुदायलाई लुकामारीको खेल खेल्न बाध्य बनाउने काममा कहिले पछि नपरेको हामी सबैलाई अवगतै छ ।
कृषकलाई खाद्य बस्तु उत्पादन गर्नका लागि चाहिने अति आवश्यक सहयोगी वस्तु जस्तै : दाना, मल, बीउ, औजार बजार चाहिने बेला सरकार लुकिदिन्छ, अबोध कृषक खोजिरहन्छ । सरकारले योजना, कार्यक्रम र नीति निर्माण गर्दा वास्तविक कृषि र कृषक नभेटि, सरकार कृषक छोडी बिचौलिया र दलालको वरपर घुमिरहन्छ । मन्त्रालय र कृषकका बीच प्रत्यक्ष सम्बन्ध स्थापित हुन नसकेका कारण नै दलाल, बीचौलिया र किसानको खोल ओढी राजनीति / आफ्नोवाद गर्नेहरु नै मन्त्रालयका सारथी बन्न पुगेका छन् ।कृषक सहयोगी नीति निर्माण तहमा पनि यिनकै बाहुल्यता र वर्चस्व छ । जसलाई हलो छुनु पाप लाग्छ भन्ने भावनालाई उजागर गरेको छ उसै मार्फत कार्यक्रम नि जानु किसानको लागि दुर्भाग्यपूर्ण हो । अधिकांश दुर्गम र पहुँच बिहीन कृषकहरूले त कृषिमा आएका अनुदान, सेवा, प्रविधिको सूचना र तालिमहरु बारे पत्तो नपाउदै, पए पनि समय बितिसकेको हुन् कि पहुच नभएकोले सहभागी हुना पाउदैनन् । मन्त्री, कर्मचारी , सुचनापत्र परिवर्तन भईसकेका हुन्छन् तर कृषक समुदायसँग यसको सुचना नै पुगेको हुदैन । “राष्ट्रिय किसान आयोग के हो ?यस आयोगको काम कर्तव्य के के हुन ?हामी कृषकले यहाँबाट के सुबिधा पाईन्छ ?कृषक समुदायमा राष्ट्रिय कृषक आयोगको भुमिका कस्तो हुनुपर्छ भन्ने यो आयोग बारे कृषक समुदाय / कृषक प्रेमी / कृषक सहयोगी लगायतका बिभिन्न पक्षले चासो नराखेको होइनन् ?”तर , राजनीति हिसाबले बनाईएको यो आयोगको काम पार्टी कार्याकर्ता पालेने र आगामी चुनावी समयमा के गर्ने बाहेक बहस नै नभएको बृज्ञहरूको भनाइमा हामी नकार्न सक्दैनौं ।
कृषक समुदायको छोराछोरी बिदेशीएर आएको रेमिट्यान्स र कृषि बाट २७ देखि ३५% राज्यकोषमा नाफा भएर चालेको हाम्रो मुलुक एउटा कृषक प्रधान मुलुक भए त पनि कृषि बिकासको नारा फुकि ६०% कृषक समुदायलाई भ्रम राखी हालसम्म कृषि मन्त्रालयमा आएका मन्त्री हेरि निराश बनेका आम जनता र कृषकहरु अहिलेको कृषि मन्त्रालयसँग केही आशावादी नभएका होइनन् । तर मन्त्रालयमको विद्यमान संरचना, कार्यपद्धती, परम्परा र मान्यताहरुमा सु-संस्कारमा आफ्नोवादलाई पाल्ने निति तथा कार्यले गर्दा देशमा झन्झन् उत्पादनमूलक काम र कृषक घट्दो आवस्थामा रहेको हामी सबै अवगतै छ । आगामी दिनमा मन्त्रालयले आफ्ना कार्ययोजना कसरी अघि बढाउछ, त्यो त हेर्नै बाकी छ ।तर नेपाल बिकासको दृष्टिकोणबाट कृषक समुदायलाई विश्लेषण गर्ने हो भने यसका मुख्य आठ तत्वले अष्टक्षेत्रको निर्माण गरि सिङ्गो देशलाई विश्व समक्ष “उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल” भनेर केही समयमै चिनाउन नसकिने होइन । तर विश्वको लागि नमुना बन्नु कुनै बच्चाबच्चीको खेल त होइन तर यहीँ देशको युवाले चाहे राज्ये योजना दिए नेपालमा पर्यटक भित्र्याउन “भ्रमण बर्ष घोषण” गरि हामी स्वभिमानी नेपाली जनताको चेलीबेटीलाई अघोषित रूपमा बिदेशीलाई स्युपिनु भन्दा ज्ञान सिप सहितको उपयुक्त संस्कार स्युपेर अनगिन्ती आमदानी भित्र्याउन नसकिने पक्कै होइन । किनभने इजरायलमा हाम्रो नेपाल जस्तो हावापानी बिबिधता नभए त पनि विश्वलाई कृषि उत्पादनमूलक सिप सिकाउने मुख्य केन्द्र बानी पर्यटनलाई पनि आकर्षित गरेको छ । नेपालबाट नि बर्षेनि हजारौंको संख्यामा कृषि सिक्न इजरायल जाने गरेको हामी सबै थाह नभए त पनि यो कुरा शतप्रतिशत सत्य हो र यसमा सरकारले नि लगानी गर्ने गरेको छ । यदि नेपाललाई विश्व समक्ष चिनाउने लुम्बिनी र सगरमाथा छ भने हामी किन भुल्ने गर्छौ कि विश्वमा पाइने हावापानी नेपालमा एउटा मुलुकमै पाउने गरिन्छ । यस बिबिधताको फाइदा उठाउदै विश्व भरि गरिने खेतीपाती तथा अन्य प्राथमिक उत्पादन नेपालको एकै समयमा गर्ना सकिन्छ । यस्तो कार्ययोजना तयार गरे ६०/७० लाख नेपाली बिदेशीनुको ठाउँ हामी नेपालीले बिदेशीलाई रोजगारी दिनुको साथै सिप शिक्षा र विश्व भोकमरी मुक्त समाज दिन सक्छौ । नेपाललाई विश्वका कृषकहरूको लागि पाठशाला बनाउन सक्छौं ।
यस्तो कार्यक्रम गरि नेपालीको स्वामित्व जोगाउने तथा नेपाललाई विश्वको नमुना बनाउने कामको लागि यो अष्ट नीति कार्यको खाँचो रहेको देख्न सकिन्छ ।क,ख,ग,घ,ङ,च,छ,ज…….
( नोट : थप योजना पत्रकार सम्मेलन कृषि मन्त्रीहरूको उपस्थित भए सर्बजनिक गरिनेछ किनभने नेपालमा रहेको अवसारबादीहरूले हामीले बनाएको धेरै योजना तोडमातोड गरि आफ्नोवादलाई पाल्ने योजनामा परिवर्तन गरिएको छ । )
योजनाकार : देव धवल,अध्यक्ष राष्ट्रिय कृषक महासंघ नेपाल

You must be logged in to post a comment.